शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घर्षपूर्ण जितसँगै रियलको अग्रता कायमै

आइतबार, ०२ वैशाख २०८१, ०९ : २६
आइतबार, ०२ वैशाख २०८१

मड्रिड । रियल मड्रिडले मायोर्कामाथि सङ्घर्षपूर्ण जित हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ । शनिबार राति भएको खेलमा रियल १–० गोलले विजयी बन्यो । 

रियलको जीतमा औरेलियन टुअमानीले गरेको एक मात्र गोल निर्णायक बन्यो । रियलले बुधबार च्याम्पियन्स लिगको क्वार्टरफाइलको दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गर्दैछ भने त्यसपछि एल क्लासिकोमा बार्सिलोनाको सामना गर्दैछ ।

प्रशिक्षक कार्लो एन्चेलोटीले शनिबारको खेलमा थुप्रै खेलाडीलाई आराम दिएका थिए । ड्यानी कार्भाहाल, एडवार्डो कामाभिंगा, टोनी क्रुस र भिनिसियस जुनियर सबै सब्सटिच्युटमा रहेका थिए ।

_133140158_gettyimages-2148537713

शनिबार नै भएको अन्य खेलमा बार्सिलोनाले पनि काडिजलाई १–० गोलले हरायो । खेलमा जोआयो फेलिक्सले ओभरहेड किकमार्फत गरेको एक मात्र गोल निर्णायक बन्यो ।

जितपछि बार्सिलोना शीर्ष स्थानमा रहेको रियलभन्दा ८ अंकले पछि रहेको छ । ३१ खेलबाट बार्साको ७० अङ्क छ भने रियलको ७८ अङ्क छ ।

शनिबार नै चौथो स्थानमा रहेको एट्लेटिको मड्रिडले तेस्रो स्थानमा रहेको जिरोनालाई ३–१ गोलले हरायो । जिरोनाको ६५ अङ्क छ भने एट्लेटिकोको ६१ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप