ट्राफिक जरिवाना बढाउँछु : रवि लामिछाने
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक जरिवानाको रकम बढाउने बताएका छन् । काठमाडौँमा ट्राफिक सचेतना अभियानको सुरुवात गर्दै लामिछानेले ट्राफिक नियम उल्लङ्घन बापत अहिले लिने गरिएको जरिवाना रकम वृद्धि गर्ने घोषणा गरेका हुन् ।
‘रोड टेस्ट’ बिना लाइसेन्स दिने अहिलेको प्रणाालीमा सुधार गर्नुपर्ने उल्लेख गर्दै लामिछानेले ट्राफिकलाई भत्ता दिने व्यवस्था गर्ने बताए । उनले भने– ‘चालकसँग एक–दुई सय लिएर सङ्गठनको बेइज्जत नगर्नुस् ।’ सार्वजनिक यातायात सुधार गर्न पूर्व सचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्री लामिछानेले प्रतिबद्धता जनाएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको सचेतना अभियान एक सातासम्म चल्नेछ । अब ट्राफिक प्रहरीको बोली नरम र कारबाही कडा हुने उल्लेख गर्दै लामिछानेले दुर्घटना सङ्ख्यालाई पनि कार्य सम्पादकको विषय बनाउने बताए । उनले भने– ‘नेताको हात समाएर बढुवा हुने गलत अभ्यास सच्याएर बढुवालाई स्वचालित प्रणालीमा लैजानुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत
-
इरानको चेतावनी : होर्मुज जलडमरूमध्यमा आफूले तोकेकै मार्ग प्रयोग गर्न आग्रह
-
विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा खड्का नियुक्त
-
गुगलले ईयूमा हार्यो ४ अर्ब १० करोड यूरो जरिवानाविरुद्धको मुद्दा
-
नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
-
ट्रम्पविरूद्ध युरोप एकजुट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण