शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इरानले इजरायलमाथि आक्रमण गरेपछि घट्यो बिट्क्वाइनको भाउ

आइतबार, ०२ वैशाख २०८१, १५ : ५५
आइतबार, ०२ वैशाख २०८१

सिंगापुर । विश्व बजारमा भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ घटेको छ । शनिबार एकै दिनमा बिट्क्वाइनको भाउ ७ दशमलव ७ प्रतिशतले घटेको थियो । 

यो सन् २०२३ को मार्चयताकै सबैभन्दा ठुलो कमी हो । इरानले इजरायमाथि ड्रोन र मिसाइल आक्रमण गरेपछि मध्य पूर्वका तनाव थप चर्किने भयबिच क्रिप्टो बजारमा व्यापक सेल अफ देखिएको छ । यस्तोमा सबैभन्दा महँगो भर्चुअल मुद्रा बिट्क्वाइन सहितका अन्य प्रमुख क्रिप्टोकरेन्सीको भाउमा पनि कमी आएको थियो । 

आइतबार यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो २ः४८ बजेतिर प्रति गोटा बिट्क्वाइन ६४ हजार ६५५ डलर ६८ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ३ दशमलव ८४ प्रतिशत कम हो । मध्य पूर्वमा हिंसा थप भड्किने चिन्ता बढिरहँदा क्रिप्टो बजारमा सेल अफ जारी रहने विश्लेषण गरिएको छ । मध्य मार्चको कीर्तिमानी उचाइबाट यतिबेला बिट्क्वाइनको भाउ १० हजार डलर तल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप