इरानले इजरायलमाथि आक्रमण गरेपछि घट्यो बिट्क्वाइनको भाउ
सिंगापुर । विश्व बजारमा भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ घटेको छ । शनिबार एकै दिनमा बिट्क्वाइनको भाउ ७ दशमलव ७ प्रतिशतले घटेको थियो ।
यो सन् २०२३ को मार्चयताकै सबैभन्दा ठुलो कमी हो । इरानले इजरायमाथि ड्रोन र मिसाइल आक्रमण गरेपछि मध्य पूर्वका तनाव थप चर्किने भयबिच क्रिप्टो बजारमा व्यापक सेल अफ देखिएको छ । यस्तोमा सबैभन्दा महँगो भर्चुअल मुद्रा बिट्क्वाइन सहितका अन्य प्रमुख क्रिप्टोकरेन्सीको भाउमा पनि कमी आएको थियो ।
आइतबार यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो २ः४८ बजेतिर प्रति गोटा बिट्क्वाइन ६४ हजार ६५५ डलर ६८ सेन्टमा किनबेच भइरहेको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा ३ दशमलव ८४ प्रतिशत कम हो । मध्य पूर्वमा हिंसा थप भड्किने चिन्ता बढिरहँदा क्रिप्टो बजारमा सेल अफ जारी रहने विश्लेषण गरिएको छ । मध्य मार्चको कीर्तिमानी उचाइबाट यतिबेला बिट्क्वाइनको भाउ १० हजार डलर तल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण