इरान–इजरायलबिच युद्ध : संयमता अपनाउन नेपालको आग्रह
आइतबार, ०२ वैशाख २०८१, १९ : ११
काठमाडौँ । इरानले इजरायलमाथि गरेको आक्रमणप्रति नेपालले चिन्ता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइबार एक विज्ञप्ति जारी गरी इरान–इजरायलबिचको युद्धबारे आफू गम्भीर रहेको बताएको हो ।
मन्त्रालयले भनेको छ, ‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा बढ्दो तनाव र शत्रुताप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ ।’ मन्त्रालयले युद्धको शान्तिपूर्ण समाधान हुने विश्वास व्यक्त गरेको छ ।
वार्ता र कूटनीतिको माध्यमबाट युद्धको समाधान खोज्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले सम्बन्धित पक्षलाई अधिकतम संयम अपनाउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्ति स्थापना गर्न आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण