इरान–इजरायलबिच युद्ध : संयमता अपनाउन नेपालको आग्रह
आइतबार, ०२ वैशाख २०८१, १९ : ११
काठमाडौँ । इरानले इजरायलमाथि गरेको आक्रमणप्रति नेपालले चिन्ता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आइबार एक विज्ञप्ति जारी गरी इरान–इजरायलबिचको युद्धबारे आफू गम्भीर रहेको बताएको हो ।
मन्त्रालयले भनेको छ, ‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा बढ्दो तनाव र शत्रुताप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ ।’ मन्त्रालयले युद्धको शान्तिपूर्ण समाधान हुने विश्वास व्यक्त गरेको छ ।
वार्ता र कूटनीतिको माध्यमबाट युद्धको समाधान खोज्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले सम्बन्धित पक्षलाई अधिकतम संयम अपनाउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्ति स्थापना गर्न आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबिच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
-
बालमन्दिर जग्गा प्रकरण : अनुसन्धानभन्दा पक्राउ पुर्जी जारी गर्न हतारो
-
छाडा चौपाया व्यवस्थापन गरिन्छ : मुख्यमन्त्री महरा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
छाया सेन्टर विवाद : संयुक्त राष्ट्र संघीय विज्ञहरूद्वारा चिन्ता व्यक्त
-
सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक