इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास
काठमाडौँ । इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे चिन्ता सुरु भएको छ । यसअघि युद्धमा परेर धेरै जना नेपालीहरूले ज्यान गुमाएका कारण इजरायलमा भएका स–साना साङ्घातिक हमलाहरूमा पनि नेपालमा रहेका परिवार र आफन्तजनले चिन्ता गर्ने अवस्था बनेको छ ।
तर इजरायलस्थित नेपाली राजदूतावासले भने त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरे पनि नेपालीहरू भने सुरक्षित रहेको जनाएको छ । दूतावासले नेपालीहरूलाई कुनै समस्या परेर दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरे ।
दूतावासले जारी गरेको विज्ञप्तिमा द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरूलाई कुनै असर नपरेको र सबै नेपालीहरू सकुशल अवस्थामा रहनुभएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासले विज्ञप्तिमार्फत भनेको छ ।
यसअघि हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यसबेला हमासको कब्जामा परेका विपिन जोशी अहिलेसम्म पनि स्वदेश फर्किन पाएका छैनन् । त्यसबेला सरकारले जहाज नै पठाएर इजरायलबाट नेपालीहरूको उद्धार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण