सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तोलामा सात सय रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार, ०३ वैशाख २०८१, १२ : ०२
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु सात सयले वृद्धि भई रु एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ । 

शुक्रबारको तुलनामा आइतबार रु दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । यस्तै, तेजाबी सुन आज प्रतितोला रु एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले वृद्धि भएको छ । 

आइतबार प्रतितोला रु एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय १५ निर्धारण भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप