बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

तान्जानियामा बाढीका कारण ५८ जनाको मृत्यु

सोमबार, ०३ वैशाख २०८१, २० : ४५
सोमबार, ०३ वैशाख २०८१

केन्या । पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण ५८ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

तान्जानिया सरकारका अनुसार तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र उक्त क्षेत्रमा बाढीले एक लाख २६ हजार ८३१ जना विस्थापित भएका छन् । 

सरकारका प्रवक्ता मोभरे माटिनीले प्रभावितहरूलाई खाद्यान्नसहित आवश्यक आपूर्ति वितरण गरिएको बताए ।

तान्जानियाले भविष्यमा बाढी रोक्न आवश्यक बाँध निर्माण गर्ने योजना बनाएको उनले बताए । 

केन्यामा पनि अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भएको जनाइएको छ ।

बाढीका कारण पूर्वाधार पनि क्षतिग्रस्त हुनुका साथै प्रभावित क्षेत्रमा बसोबास गर्नेहरूलाई  सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ ।

यस महिनाको अन्त्य सम्ममा वर्षा चरम सीमामा पुग्ने अनुमान गरिएको छ । -(रासस/एपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप