दर्शक भेट्न मोफसल निस्किए दयाहाङ र आँचल
काठमाडौँ । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले बक्सअफिसमा राम्रो व्यवसाय गरिरहेको छ । आज मंगलबार राम नवमीको बिदा भएकाले पनि फिल्मको व्यवसाय अझै राम्रो हुने अनुमान गरिएको छ ।
प्रदर्शनको सुरुको दिन देखिनै यसका कलाकार दयाहाङ राई, आँचल शर्मा, विजय बराललगायत उपत्यकाको विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् ।
यसैबिच दयाहाङ राई, आँचल शर्मा, विजय बराललगायत फिल्म युनिट दर्शक भेट्न पूर्व प्रस्थान गरेका छन् । उनीहरुले विराटनगर, इटहरी, धरान र बिर्तामोडका हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायतको अभिनय छ ।
फिल्मका निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ हुन् । एक शिक्षित बेरोजगारको कथामा बनेको हो । यस अगाडि यो कथा नाटकमा समेत मञ्चन भएको थियो । जसको निर्देशन दयाहाङ राईले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण