टी–२० राष्ट्रिय क्रिकेट : सुनिल भण्डारीको अर्धशतकसँगै लुम्बिनीले गण्डकीलाई हरायो
काठमाडौँ । टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार खेलिएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले जित हासिल गरेको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई सात विकेटले हरायो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकीले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनीले भने १७.२ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
लुम्बिनीको जितमा सुनिल भण्डारी र आकाश त्रिपाठीले महत्वपूर्ण योगदान गरे । सुनिलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले अविजित ६० रन बनाए । उनले केवल ४६ बलको सामना गरी नौवटा चौका पनि हिर्काए ।
आकाश त्रिपाठीले पनि टोलीको खातामा ४४ रन थपे । उनले ३४ बलको सामना गरी चार चौका पनि हिर्काए । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान देब खनालले पनि १८ रन बनाएका थिए । अर्का ओपनर मृनाल गुरुङ भने पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
केवल २४ रनको कुल स्कोरमा दोस्रो विकेट गुमाएको लुम्बिनीलाई त्यसपछि सुनिल र आकाशले जितको नजिक पु¥याएका थिए । यी दुई ब्याट्सम्यानले एक सय तीन रनको महत्वपूर्ण साझेदारी गरेका थिए । लुम्बिनीले अतिरिक्त रुपमा ६ रन पायो । गण्डकीका बलर कमल परियारले दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ३१ रन बनाएका थिए । उनले १८ बलमा पाँच चौका पनि हिर्काए । कप्तान विपिन खत्रीले अविजित २७ रन जोडे । उनले २५ बलमा तीन चौका प्रहार गरे । कमल परियारले अविजित १६ रन बनाएका थिए ।
गण्डकीले अतिरिक्त रुपमा पनि १२ रन पायो । अमृत गुरुङले १३ तथा इश्वर क्षेत्री र करण पंगेनीले १२–१२ रन जोडे । लुम्बिनीका बलर नर सार्की एक्लैले चार विकेट लिए । उनले चार ओभरमा २२ रन खर्चिए । निर्मल गुरुङले दुई र अभिषेक गौतमले एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण