नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय कार्यालयमा बैठक सुरु भएको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए । विरहीका अनुसार बैठकले पार्टीको ६ महिनाको समीक्षा, आगामी योजना, पछिल्लो राजनीति, वामपन्थी शक्तिबिच एकता तथा ध्रुवीकरण लगायत विषयमा छलफल हुनेछ । बैठकमा महासचिव नेत्रविक्रम चन्दले २० पृष्ठको राजनीतिक दस्ताबेज पेस गरेका छन् ।
‘यो नियमित बैठक हो । प्रत्येक ६-६ महिनामा केन्द्रीय समिति बैठक बस्ने पार्टीको नियम छ । महासचिवले २० पृष्ठको दस्ताबेज पेस गर्नुभएको छ । बैठकले पहिला गरेको निर्णयको समीक्षा, आगामी योजना, समसामयिक राजनीति, वामपन्थीबिच एकता र ध्रुवीकरण लगायत विषयमा निर्णय गर्नेछ’, रातोपाटीसँग विरहीले भने ।
केन्द्रीय समिति बैठकअघि विप्लवले तीन स्थायी समिति र पोलिटब्युरो समिति बैठक बोलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण