नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय कार्यालयमा बैठक सुरु भएको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए । विरहीका अनुसार बैठकले पार्टीको ६ महिनाको समीक्षा, आगामी योजना, पछिल्लो राजनीति, वामपन्थी शक्तिबिच एकता तथा ध्रुवीकरण लगायत विषयमा छलफल हुनेछ । बैठकमा महासचिव नेत्रविक्रम चन्दले २० पृष्ठको राजनीतिक दस्ताबेज पेस गरेका छन् ।
‘यो नियमित बैठक हो । प्रत्येक ६-६ महिनामा केन्द्रीय समिति बैठक बस्ने पार्टीको नियम छ । महासचिवले २० पृष्ठको दस्ताबेज पेस गर्नुभएको छ । बैठकले पहिला गरेको निर्णयको समीक्षा, आगामी योजना, समसामयिक राजनीति, वामपन्थीबिच एकता र ध्रुवीकरण लगायत विषयमा निर्णय गर्नेछ’, रातोपाटीसँग विरहीले भने ।
केन्द्रीय समिति बैठकअघि विप्लवले तीन स्थायी समिति र पोलिटब्युरो समिति बैठक बोलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटवार्ता
-
सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै प्रभु साहद्वारा ध्यानाकर्षण
-
दुई तिहाइको अहङ्कारको बेलुन फुटिसकेको देख्छु : प्रचण्ड
-
झापामा ठुलो परिमाणमा ब्राउन सुगर बरामद
-
राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिने घोषणा
-
विद्युत् सर्ट भएर आगलागी, लाखाैँको क्षति