देवघाट-हलेशी माउन्ट एभरेष्ट मोटर र्याली सुरु
काठमाडौँ । बागमती अटोमोबाइल एसोसिएसन र चितवन अटोमोवाइल डिलर एसोसिएसनको संयुक्त आयोजनामा बुधबारबाट देवघाट-हलेशी माउन्ट एभरेष्ट मोटर र्याली सुरु भएको छ । सो र्याली वैशाख ७ गतेसम्म चल्नेछ ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी र नेपाल अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनीलकुमार बरालले र्यालीको शुभारंम्भ गरे । र्यालीको उद्घाटन गर्दै उपप्रमुख चित्रसेन अधिकारीले भ्रमण वर्ष सफल बनाउन र्याली महत्पूर्ण भएको बताए ।
बागमती अटोमोबाइल एसोसिएसनका अध्यक्षसमेत रहेका चितवन अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष राजन पियाले टिडिएस र्यालीमा २५ देखि ३० जना ड्राइभर र अटो जिमखाना प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागी हुने जानकारी दिए ।
नेपाली मोटरस्पोटर्स प्रादेशिक संरचनामा गएपछि यो र्याली बागमती अटोमोबाइल एसोसिएसनको दोस्रो इभेन्ट हो । प्रत्येक दुई वर्षमा उक्त र्याली आयोजना हुँदै आएको छ । विजेतालाई शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कारको व्यवस्था गरिएको जानकारी अध्यक्ष राजन पियाले दिए ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष लगाएतका पदाधिकारी, नासा नेपालका पदाधिकारिहरु तथा चितवन अटोमोबाइल डिलर्स एसोसिएन र बागमती अटोमोबाइल एसोसिएसनका पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।
विश्वमै अत्यन्तै साहसिक र पृथक मानिएको मोटर स्पोटर्सको नयाँ विधा अटो क्रससमेतको मिश्रण रहेको यस र्यालीको टीडीएस र्याली विधा एक दशकदेखि नेपालमा अत्यन्तै प्रचलनमा रहेको छ । टाइम (समय), डिस्ट्यान्स (दूरी) र स्पीड (गति) अर्थात टीडीएस र्यालीअन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण