मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

देवघाट-हलेशी माउन्ट एभरेष्ट मोटर र्‍याली सुरु

बुधबार, ०५ वैशाख २०८१, १६ : २२
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । बागमती अटोमोबाइल एसोसिएसन र चितवन अटोमोवाइल डिलर एसोसिएसनको संयुक्त आयोजनामा बुधबारबाट देवघाट-हलेशी माउन्ट एभरेष्ट मोटर र्‍याली सुरु भएको छ । सो र्‍याली वैशाख ७ गतेसम्म चल्नेछ ।

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी र नेपाल अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनीलकुमार बरालले र्‍यालीको शुभारंम्भ गरे । र्‍यालीको उद्घाटन गर्दै उपप्रमुख चित्रसेन अधिकारीले भ्रमण वर्ष सफल बनाउन र्‍याली महत्पूर्ण भएको बताए । 

बागमती अटोमोबाइल एसोसिएसनका अध्यक्षसमेत रहेका चितवन अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्ष राजन पियाले टिडिएस र्‍यालीमा २५ देखि ३० जना ड्राइभर र अटो जिमखाना प्रतियोगितामा १५ देखि २० जना ड्राइभर सहभागी हुने जानकारी दिए ।

नेपाली मोटरस्पोटर्स प्रादेशिक संरचनामा गएपछि यो र्‍याली बागमती अटोमोबाइल एसोसिएसनको दोस्रो इभेन्ट हो । प्रत्येक दुई वर्षमा उक्त र्‍याली आयोजना हुँदै आएको छ । विजेतालाई शिल्ड, प्रमाणपत्र र आकर्षक पुरस्कारको व्यवस्था गरिएको जानकारी अध्यक्ष राजन पियाले दिए । 

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष लगाएतका पदाधिकारी, नासा नेपालका पदाधिकारिहरु तथा चितवन अटोमोबाइल डिलर्स एसोसिएन र बागमती अटोमोबाइल एसोसिएसनका पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।

विश्वमै अत्यन्तै साहसिक र पृथक मानिएको मोटर स्पोटर्सको नयाँ विधा अटो क्रससमेतको मिश्रण रहेको यस र्‍यालीको टीडीएस र्‍याली विधा एक दशकदेखि नेपालमा अत्यन्तै प्रचलनमा रहेको छ । टाइम (समय), डिस्ट्यान्स (दूरी) र स्पीड (गति) अर्थात टीडीएस र्‍यालीअन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप