मुख्यमन्त्री शाही र रिचर्डबीच भेटवार्ताः कर्णालीमा बेलायतले लगानी बढाउने
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (DFID)का एशिया क्षेत्रीय निर्देशक रिचर्ड मुन्टगोमरी शिष्टाचार भेटवार्ता भएको छ । प्रदेश मुख्यालयमा मंगलबार बिहान भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले मुलुकको राजनैतिक संक्रमणकाल सकिएसँगै आफुहरुको एकमात्र एजेण्डा विकास र समृद्धि रहेको कुरामा जोड दिए ।
बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (DFID)ले सीमान्तकृत समुदाय र क्षेत्रको विकासका लागि प्रशंसनीय काम गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिन आग्रह गरे । तुलनात्मक रुपमा नेपालका अन्य प्रदेशहरुभन्दा कर्णाली प्रदेश विकासका दृष्टिले पछि रहेको बताउँदै उनले भौतिक पूर्वाधारका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको वताए ।
कर्णाली प्रदेश प्राकृतिक श्रोतले धनी रहेको बताउँदै मुख्यमन्त्री शाहीले भने– ‘हामीसँग जलविद्युत, पर्यटन, जडीवुटी र कृषिको अपार सम्भावना छ, यसको व्यवस्थित परिचालन गरि समृद्धि हासिल गर्न अहिले आर्थिक श्रोतको जरुरी छ ।’
भेटवार्तामा कर्णाली प्रदेशका दुई जिल्लामा सडक नपुगेको, धेरै जिल्लामा विद्युतीकरण बाँकी रहेको बताउदै मुख्यमन्त्री शाहीले भौतिक पुर्वाधारको विकासलाई आफनो सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सर्वसम्मतिमा आफुहरुले प्रदेशको नाम र राजधानी तोक्न सफल भएको वताउदै कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण रहेको बताए ।
भेटवार्ताका क्रममा निर्देशक रचर्ड मुन्टगोमरीले आफुहरु प्रदेश सरकारको नीति कार्यक्रम र प्राथमिकता अनुसार काम गर्न तयार रहेको स्पष्ट पारे । उनले कर्णाली प्रदेशमा वेलायती अन्तर्राष्ट्रिय विकास नियोग (DFID)ले गर्दै आएको सहयोगमा बृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कर्णाली प्रदेशमा अरु दातृ निकायहरु पनि काम गर्न ईच्छुक रहेको बताउदै प्रदेश सरकारले चाहेमा आफु विकास साझेदारहरुको वैठकको आयोजना गर्न तयार रहेको उनको भनाई थियो । पछिल्ला वर्षहरुमा नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउदै निर्देशक रचर्ड मुन्टगोमरीले खुशी ब्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण