माधवसँगको भेटपछि शीर्ष नेतासँगको छलफलमा देउवा
_1VGFAZ0c4W.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल थालेका छन् । बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेतासँग छलफल थालेका हुन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गण्डकी प्रदेश शीर्ष नेताहरूबिच छलफल भइरहेको बताए । बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेतासँगको छलफल कानुनविद् पनि सहभागी छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७का लागि प्रदेशसभा बैठक आह्वान गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख १० मा विश्वासको मत लिने तयारी छ ।
मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेका बेला विश्वासको मत लिने तयारी थालेपछि नयाँ रणनीति बनाउन देउवाले शीर्ष नेतासँग थालेको भानुको भनाइ छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको सहयोग मागेकोबारे पनि छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा
-
विप्लवले भेटे झलनाथ खनाल