माधवसँगको भेटपछि शीर्ष नेतासँगको छलफलमा देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल थालेका छन् । बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेतासँग छलफल थालेका हुन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गण्डकी प्रदेश शीर्ष नेताहरूबिच छलफल भइरहेको बताए । बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेतासँगको छलफल कानुनविद् पनि सहभागी छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले वैशाख ७का लागि प्रदेशसभा बैठक आह्वान गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख १० मा विश्वासको मत लिने तयारी छ ।
मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेका बेला विश्वासको मत लिने तयारी थालेपछि नयाँ रणनीति बनाउन देउवाले शीर्ष नेतासँग थालेको भानुको भनाइ छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेसको सहयोग मागेकोबारे पनि छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण