बैंकबाट ऋण लिन महिलाले मृत पुरुषलाई लिएर आएपछि...
रियो द जेनरियो । ब्राजिलमा एक जना ४२ वर्षीय महिला पक्राउ परेकी छिन् । मरिसकेको मान्छेलाई लिएर उनको नाममा ऋण लिने कोशिश गरेको आरोपमा अप्रिल १६ मा प्रहरीहरूले एरिका डि सुजा भाइरा न्यून्सलाई समातेको हो ।
यो घटना रियो द जेनरियोको बाङमा रहेको इताउ युनिबान्कोको शाखामा भएको हो । एरिकाले ३ हजार २०० डलरको कर्जा लिन ६८ वर्षका पाउलो रोबर्टो ब्रागालाई लिएर बैंक आएकी थिइन् ।
वृद्ध ह्विलचेयरमा थिए । आफू वृद्धको भतिजी भएको र उनको हेरचाह गर्ने मुख्य मान्छे पनि आफैं भएको दाबी युवतिको थियो । महिलाले वृद्धको टाउकोलाई साहारा दिइरहेकी थिइन् । उनमा कुनै हलचल नै थिएन । ब्रागाको हाउभाउ देख्दा बैंकका कर्मचारीलाई शंका हुन थाल्यो । आफ्नो काका निकै शान्त प्रकृतिको भएको भन्दै उनले बारम्बार कर्मचारीलाई बताइरहेकी थिइन् । एरिका एक्लै वृद्धसँग बोलिरहेकी थिइन् । ह्विलचेयरमा बसेको पुरुषले कुनै हलचल वा प्रतिक्रिया वा संकेत गरेका थिएनन् । बैंक कर्मचारीलाई शंका लागेर आकस्मिक नम्बर र प्रहरीलाई फोन गरिदिए ।
पारामेडिक्स आएर चेक गर्दासम्म वृद्धको केही घण्टा अघि नै मृत्यु भइसकेको थाहा भयो । शवको तिरस्कार गरेको र ठगीको प्रयास गरेको भन्दै महिलालाई तत्कालै पक्राउ गरियो । यो घटनालाई प्रहरी स्रोतले गलत तरिकाले देखाएका महिलाको वकिलले बताएका छन् ।
एरिकाले वृद्धलाई बैंकमा ल्याउँदासम्म उनी जीवित भएको र कर्जाको प्रक्रिया चलिरहँदा मृत्यु भएको वकिलको भनाई छ । प्रहरीले भने युवतीले वृद्धलाई बैंकमा ल्याउँदा नै उनको मृत्यु भइसकेको थाहा भएको तर बैंकलाई ठग्ने प्रयास गरेको बताइरहेको छ । एरिका वृद्धको भतिजी पनि थिइनन् । उनी टाढाको आफन्त थिइन् । उनी वृद्धको सुसारे हुन् कि होइन भन्ने पनि पुष्टि हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ विकेटका रुपमा पेभेलियन फर्किए कुशल मल्ल
-
साङ्गीतिक कार्यक्रमका लागि आनीसहितको टोली बेलायत प्रस्थान
-
२८ रन बनाउँदै पेभेलियन फर्किए ओपनर लोकेश बम
-
सांसद शर्माको नेतृत्वमा हुम्लामा निःशुल्क स्वास्थ्य शिविर
-
श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्त्वपूर्णः अध्यक्ष ढकाल
-
आरिफका रुपमा नेपालले तेस्रो विकेट गुमायो