बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित

शुक्रबार, ०७ वैशाख २०८१, १३ : ३७
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशले कोशी प्रदेशमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको छ । वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा तेस्रो खेल खेलेको बागमती प्रदेशको यो दोस्रो जित हो ।  

कोशी प्रदेशको भने यो पहिलो खेल हो । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ३१ रनमात्र बनाउन सक्यो । 

कोशी प्रदेशका लागि कप्तान अंकित सुवेदीले ३६ र सुजन थपलियाले ३२ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । बागमती प्रदेशका बलर रिजन ढकालले तीन तथा ईशान पाण्डे र सुवाष खत्रीले दुई-दुई विकेट लिए ।  त्यसअघि बागमती प्रदेशका लागि ईशान पाण्डेले सर्वाधिक ३१ रन बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका ईशानले ३५ बलको सामना गरी तीन चौका पनि हिर्काए । सोनु देबकोटाले पनि टोलीको खातामा ३० रन थपे । उनले २१ बलको सामना गरी दुई छक्का पनि हिर्काए । 

विकेटकिपर ब्याट्सम्यान रविन जोशीले १३ र गौतम केसीले अविजित १३ रन बनाए । शुभ कंसाकारले पनि टोलीको खातामा १२ रन थपे । रामनरेश गिरीले ११ र ओपनर आशुतोष घिरैयाले १० रन बनाए । बागमती प्रदेशले अतिरिक्त रुपमा ११ रन पायो । 

कोशी प्रदेशका बलर श्रवण यादबले तीन विकेट लिए । उनले चार ओभरमा केवल १७ रन खर्चिए । ज्ञानेन्द्र श्रेष्ठले पनि दुई विकेट हात पारे । उनले चार ओभरमा २७ रन खर्चिए । फिर्दोष अन्सारी, सौजन घिमिरे र दिपेश कँडेलले पनि एक(एक विकेट लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप