वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
काठमाडौँ । वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशले कोशी प्रदेशमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको छ । वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा तेस्रो खेल खेलेको बागमती प्रदेशको यो दोस्रो जित हो ।
कोशी प्रदेशको भने यो पहिलो खेल हो । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ३१ रनमात्र बनाउन सक्यो ।
कोशी प्रदेशका लागि कप्तान अंकित सुवेदीले ३६ र सुजन थपलियाले ३२ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । बागमती प्रदेशका बलर रिजन ढकालले तीन तथा ईशान पाण्डे र सुवाष खत्रीले दुई-दुई विकेट लिए । त्यसअघि बागमती प्रदेशका लागि ईशान पाण्डेले सर्वाधिक ३१ रन बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका ईशानले ३५ बलको सामना गरी तीन चौका पनि हिर्काए । सोनु देबकोटाले पनि टोलीको खातामा ३० रन थपे । उनले २१ बलको सामना गरी दुई छक्का पनि हिर्काए ।
विकेटकिपर ब्याट्सम्यान रविन जोशीले १३ र गौतम केसीले अविजित १३ रन बनाए । शुभ कंसाकारले पनि टोलीको खातामा १२ रन थपे । रामनरेश गिरीले ११ र ओपनर आशुतोष घिरैयाले १० रन बनाए । बागमती प्रदेशले अतिरिक्त रुपमा ११ रन पायो ।
कोशी प्रदेशका बलर श्रवण यादबले तीन विकेट लिए । उनले चार ओभरमा केवल १७ रन खर्चिए । ज्ञानेन्द्र श्रेष्ठले पनि दुई विकेट हात पारे । उनले चार ओभरमा २७ रन खर्चिए । फिर्दोष अन्सारी, सौजन घिमिरे र दिपेश कँडेलले पनि एक(एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण