प्रदेश
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
शुक्रबार, ०७ वैशाख २०८१, १५ : २२
पोखरा । नेपाली कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने भएको छ । शुक्रबर बसेको कार्यव्यवस्था समितिको बैठकले कांग्रेसले बहिष्कार गरेपनि प्रदेशसभा बैठक सुरु गर्ने निर्णय गरेको हो ।
सभामुख कृष्ण धितालले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकका लागि कार्यसूची पनि तय गरेको छ ।
‘बैठक प्रदेश प्रमुखले आह्वान गरेपछि बस्नुपर्छ,’ एमाले प्रमुख सचेतक गोविन्द नेपाली भन्छन्, ‘बैठक सुरु भएपछि के गर्ने सल्लाह गरौँला ।’
बैठकमा सभामुखले प्रदेश प्रमुख कार्यालयको पत्र पढेर सुनाउनेछन् । यसअघि कांग्रेसले बैठक नराख्न सभामुखलाई आग्रह गरेको थियो । यस्तै बैठकमा राप्रपा पनि सहभागी नहुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघबाट प्रभावकारी हस्तक्षेप नगरेसम्म कर्णालीको विकास सम्भव छैन : सांसद महेन्द्र बहादुर शाही
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण