शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले आफ्ना नेता–कार्यकर्ताको अनैतिक र भ्रष्ट आचरणलाई नियन्त्रण गर्ने

शनिबार, ०८ वैशाख २०८१, १७ : २६
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेले पार्टीका नेता कार्यकर्ताको अनैतिक, भ्रष्ट अचरण र अनुशासनहीन क्रियाकलापलाई नियन्त्रण गर्ने आगामी कार्ययोजना रहेको जनाएको छ । 

शनिवार ललितपुरको गोदावरीमा एमालेको प्रतिनिधि परिषद् बैठकमा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीका महासचिव शंकर पोखरेलले पछिल्लो समयमा एमालेका नेता र कार्यकर्ताका बारेमा सार्वजनिक रूपमा टीकाटिप्पणीहरू सुनिने तर त्यसका बारेमा कुनै प्रकारको सुनुवाइ नभएको अवस्था रहेको उल्लेख गरेका हुन् । 

उनले प्रतिवेदनमा भनेका छन्–‘पछिल्लो समयमा हाम्रो पार्टीका नेता र कार्यकर्ताका बारेमा सार्वजनिक रूपमा टीकाटिप्पणीहरू सुनिने तर त्यसका बारेमा कुनै प्रकारको सुनुवाइ नभइरहेको अवस्था देखिन्छ । यस्ता घटनामा पार्टीको तर्फबाट अनुसन्धानको प्रक्रिया अघि नबढाइँदा इमानदारहरू पीडित हुने र कमजोरी गर्नेहरूले छुट पाउने स्थिति सिर्जना हुन जान्छ । अब त्यस्तो स्थितिको अन्त्य गरिनुपर्दछ । कसैका बारेमा पनि नैतिक प्रश्नमा गम्भीर आशङ्का पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्दछ ।’

उनले समाजको परिवर्तन र रूपान्तरणको धेय र उद्देश्य बोकेको पार्टीका नेता र कार्यकर्ता नैतिकवान् र अनुशासित हुनु अनिवार्य भएको उल्लेख गरेका छन् । नियोजित ढङ्गले गरिएका दुष्प्रचारहरूको संस्थागत प्रतिवादसमेत गर्नुपर्ने र पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैली, आचरण र व्यवहार जनपक्षीय, पारदर्शी र नैतिक हुनुपर्ने जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप