एमालेले आफ्ना नेता–कार्यकर्ताको अनैतिक र भ्रष्ट आचरणलाई नियन्त्रण गर्ने
काठमाडौँ । नेकपा एमालेले पार्टीका नेता कार्यकर्ताको अनैतिक, भ्रष्ट अचरण र अनुशासनहीन क्रियाकलापलाई नियन्त्रण गर्ने आगामी कार्ययोजना रहेको जनाएको छ ।
शनिवार ललितपुरको गोदावरीमा एमालेको प्रतिनिधि परिषद् बैठकमा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीका महासचिव शंकर पोखरेलले पछिल्लो समयमा एमालेका नेता र कार्यकर्ताका बारेमा सार्वजनिक रूपमा टीकाटिप्पणीहरू सुनिने तर त्यसका बारेमा कुनै प्रकारको सुनुवाइ नभएको अवस्था रहेको उल्लेख गरेका हुन् ।
उनले प्रतिवेदनमा भनेका छन्–‘पछिल्लो समयमा हाम्रो पार्टीका नेता र कार्यकर्ताका बारेमा सार्वजनिक रूपमा टीकाटिप्पणीहरू सुनिने तर त्यसका बारेमा कुनै प्रकारको सुनुवाइ नभइरहेको अवस्था देखिन्छ । यस्ता घटनामा पार्टीको तर्फबाट अनुसन्धानको प्रक्रिया अघि नबढाइँदा इमानदारहरू पीडित हुने र कमजोरी गर्नेहरूले छुट पाउने स्थिति सिर्जना हुन जान्छ । अब त्यस्तो स्थितिको अन्त्य गरिनुपर्दछ । कसैका बारेमा पनि नैतिक प्रश्नमा गम्भीर आशङ्का पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्दछ ।’
उनले समाजको परिवर्तन र रूपान्तरणको धेय र उद्देश्य बोकेको पार्टीका नेता र कार्यकर्ता नैतिकवान् र अनुशासित हुनु अनिवार्य भएको उल्लेख गरेका छन् । नियोजित ढङ्गले गरिएका दुष्प्रचारहरूको संस्थागत प्रतिवादसमेत गर्नुपर्ने र पार्टीका नेता तथा कार्यकर्ताको जीवनशैली, आचरण र व्यवहार जनपक्षीय, पारदर्शी र नैतिक हुनुपर्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण