विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा
शनिबार, ०८ वैशाख २०८१, २२ : १६
मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदनमा शनिबार भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २-० गोल अन्तरले हराउँदै पेमा युवा क्लब विराटनगर सेमिफाइनमा पुगेको हो ।
जितका लागि विराटनगरको तर्फबाट बिजु भुजेलले दुई गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भई भुजेलले नगद रु तीन हजार प्राप्त गरे । खेलको दोस्रो हाफको ५५ औँ र ६२ औँ मिनेटमा भुजेलले दुई गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।
उनकै गोलले टिम सेमिफाइनलमा पुग्न सफल भयो । चौथो संस्करणको रुपमा सञ्चालित प्रतियोगितामा आइतबारको खेलमा टिडब्लु विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण