एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गर्ने
आइतबार, ०९ वैशाख २०८१, १७ : ४०
काठमाडौँ । नेकपा एमालेले पार्टीको हीरक जयन्ती महोत्सवमा ‘राष्ट्रिय गौरव’ पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । भण्डारी एमालेका पूर्वउपाध्यक्ष समेत हुन् ।
ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा भण्डारीलाई उक्त पदक प्रदान गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो । जसलाई प्रतिनिधि परिषद् सदस्यहरूले ताली बजाएर सहमति जनाएका थिए ।
आइतबारको बैठकमा अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याका राष्ट्रिय स्वाभिमान रक्षाका लागि विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार हीरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताएका थिए ।
एमालेले सोमवार पार्टी स्थापनाको ७५ औँ वर्षगाँठ गोदावरीमै मनाउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण