कतारी राजाको नेपाल भ्रमणमा ‘क’ श्रेणीको सुरक्षा
काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिल हमाद अल थानी मंगलबार काठमाडौँ आउँदै छन् ।
साँझ ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अमिर शेखलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गर्नेछन् । कतारका राजा वैशाख १२ मा दिउँसा करिब २ बजेतिर स्वदेश फर्किने कार्यक्रम छ ।
कतारी राजाको भ्रमण राजकीय हुनेछ । भ्रमणको सुरक्षा व्यवस्थाबारे जंगी अड्डामा पटक–पटक छलफल भैसकेको छ । सुरक्षा निकायहरूले भ्रमणमा कस्तो सुरक्षा व्यवस्था मिलाउने भन्ने योजना बनाएर ‘अभ्यास’ पनि गरिसकेका छन् ।
नेपाली सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूको बैकले कतारी राजाको भ्रमणमा ‘क’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको छ । बैठकमा सहभागी एकजना उच्च सुरक्षा अधिकृत भन्छन्–‘सुरक्षा कार्यविधि अनुसार क श्रेणीको सुरक्षा व्यवस्था मिलाउने गरी तयारी भइरहेको छ ।’
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार उनलाई ‘अति विशिष्ट स्तरको सुरक्षा’ दिने निर्णय गरिएको छ । सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्नेछ । नेपाली सेनाको अतिविशिष्ट निर्देशनालयको समन्वयमा सुरक्षा व्यवस्थापन गरिने सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले रातोपाटीलाई बताए । उनले भने,‘भीभीआईपीहरुको सुरक्षा हेर्ने निर्देशनालयले सुरक्षा व्यवस्थापन गर्छ, समन्वय जंगी अड्डाबाट हुनेछ ।’
नजिकको घेरामा सेना, त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गर्नेगरी सुरक्षा योजना तय गरिएको छ ।
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार भित्री घेरामा नेपाली सेनाकै ३ वटा घेरा हुनेछ । ती हुन्, नजिकको घेरा, भित्री घेरा र मध्य घेरा । नजिकको घेरामा सेनाका पाश्र्ववर्ती खटिन्छन् । उनीहरू अति विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयबाट खटिन्छन् । भित्री घेरामा पनि सोही निर्देशनालयको टोली र मध्य घेरामा अन्य सैनिक अधिकारीहरू खटिन्छन् ।
मध्य घेरामा सूचना संकलन गर्ने उद्देश्यले नेपाल प्रहरीका सुरक्षा अधिकारीहरूलाई सादा पोशाकमा परिचालन गर्ने निर्णय भएको छ । राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूले सूचना संकलनको काम गर्नेछन् । प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारीहरू बाहिरी घेरामा खटिनेछन् ।
सुरक्षा व्यवस्थापनको कमाण्ड नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल, उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा र सशस्त्र प्रहरी बलको नम्बर–९ पशुपति प्रसाद बाहिनीका बाहिनीपति (डीआईजी) पुरुषोत्तम थापाले गर्दैछन् ।
कतारका राजा नेपालमा पहिलो पटक आउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण