शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कतारी शेखको नेपाल भ्रमण

राष्ट्रपति र कतारका राजाबिच आपसी सम्बन्ध मजबुत बनाउनेबारे छलफल

मङ्गलबार, ११ वैशाख २०८१, १८ : ११
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबिच राष्ट्रपति भवन शीतल निवासमा द्विपक्षीय भेटवार्ता भएको छ । 

भेटमा दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ ।  

यस्तै भेटमा नेपाल र कतारबिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । 

 भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवं सल्लाहकार सहभागी थिए । साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको समेत सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप