शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला

मङ्गलबार, ११ वैशाख २०८१, १९ : ४२
मङ्गलबार, ११ वैशाख २०८१

इलाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन् । उनले सुशासन सिकाउने पार्टी र उसको सभापति सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै प्रश्न गरे ।

मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,‘रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउनोस् इलाम–२ को विकासको जिम्मा म लिन्छु ।’

नेता कोइरालाले कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए ।  कांग्रेस सधैँ पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उनले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने  भ्रममा नपर्न अनुरोध गरे । उनले पहिचान चाहनेहरूले कांग्रेस उम्मेदवार खड्कालाई मत दिनुपर्ने उल्लेख गरे ।

उनले अन्य दलहरू आफ्नो दल र तिनका नेता भन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन् भन्ने कुरा लिएर हिँडेको उल्लेख गरे । 

नेता कोइरालाले  चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चियाबगानमा काम गर्ने श्रमिकहरूका लागि समान ज्याला र उनीहरूको हकहितका पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप