गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
गोरखा । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृतिमा आज गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।
मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले आज बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।
नौ वर्ष अगाडि ०७२ वैशाख १२ गते शनिबार मध्यान्ह बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गएको ठुला पराकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा गाउँपालिकाले बिदा दिएको जनाएको हो ।
गाउँपालिकाले आज पौने बाह्र बजे वडा नम्बर १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली सभा राखेको जानकारी भट्टले दिए ।
०७२ मा गएको भूकम्पमा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै जन धनको क्षति पुगेको थियो भने ३२ जिल्ला प्रभावित भयो ।
बारपाकका सहित आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी मानिस घाइते भएको गृह मन्त्रालयको तथ्याङ्क छ । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्यायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण