रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरले आयोजना गरेको रोजगार मेलाबाट साढे २ सय जनाले रोजगारी पाएका छन् । सरकारका अनुसार २४५ जनालाई रोजगारीका लागि सम्झौता भइसकेको हो । बेरोजगारलाई रोजगारी दिन सरकारले पोखरा महानगरसँग मिलेर वृत्ति परामर्श तथा रोजगार मेला गरेको हो ।
रोजगारीका लागि फारम भरेकामध्ये पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रमा १३ जना, गण्डकी बहुप्राविधिक शिक्षालयमा १०५ जना, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ८० जना र आर्थिक विकास महाशाखाका लागि ४७ जनालाई रोजगारी दिइएको प्रचार संयोजक अम्बिका आचार्यले बताए ।
केहीलाई बुधबार नै नियुक्ति पत्र हस्तान्तरण गरिएको छ । मेलाबाट ३ सय जनाले रोजगारी पाउने अनुमान थियो । मुख्यमन्त्री खगराज अधिकारीले रोजगारी पाएकाहरूलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।
मेलामा विभिन्न ४० क्षेत्रमा १ हजार ८ सय १० जनालाई रोजगारी दिन सकिने उद्यमीहरूको प्रतिबद्धता छ । निःशुल्क सीप विकास तालिमका लागि १४६ जना, रोजगारी खोजकर्ता जम्मा २२३ जना, सीप परीक्षणका लागि ४५ ले मात्र फारम भरेका आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण