रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी

पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरले आयोजना गरेको रोजगार मेलाबाट साढे २ सय जनाले रोजगारी पाएका छन् । सरकारका अनुसार २४५ जनालाई रोजगारीका लागि सम्झौता भइसकेको हो । बेरोजगारलाई रोजगारी दिन सरकारले पोखरा महानगरसँग मिलेर वृत्ति परामर्श तथा रोजगार मेला गरेको हो ।
रोजगारीका लागि फारम भरेकामध्ये पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रमा १३ जना, गण्डकी बहुप्राविधिक शिक्षालयमा १०५ जना, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ८० जना र आर्थिक विकास महाशाखाका लागि ४७ जनालाई रोजगारी दिइएको प्रचार संयोजक अम्बिका आचार्यले बताए ।
केहीलाई बुधबार नै नियुक्ति पत्र हस्तान्तरण गरिएको छ । मेलाबाट ३ सय जनाले रोजगारी पाउने अनुमान थियो । मुख्यमन्त्री खगराज अधिकारीले रोजगारी पाएकाहरूलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।
मेलामा विभिन्न ४० क्षेत्रमा १ हजार ८ सय १० जनालाई रोजगारी दिन सकिने उद्यमीहरूको प्रतिबद्धता छ । निःशुल्क सीप विकास तालिमका लागि १४६ जना, रोजगारी खोजकर्ता जम्मा २२३ जना, सीप परीक्षणका लागि ४५ ले मात्र फारम भरेका आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहका पदाधिकारीहरूले गरेको वैदेशिक भ्रमणको विवरण माग
-
विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबिच सहकार्य जरुरी: उपप्रमुख डङ्गोल
-
सन्तोष परियारलाई प्रश्न : संसद्मा रास्वपा अब एक्लै भिड्छ ?
-
सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन
-
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
-
संघीय सरकारको जस्तो छैन नारा, तर सक्षम बन्दैछन् प्रदेश