सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

२०२४ अपाचेको आरटीआर १६० नेपालमा

बुधबार, १२ वैशाख २०८१, २० : ५१
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस अपाचे आरटीआर १६० मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ । नयाँ २०२४ टिभिएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको कम्पनीले जानकारी दिएको हो । 

यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज सुनिश्चित गर्ने कम्पनीको भनाई छ ।  टिभिएस अपाचे आरटीआर १६०मा २ किलोग्रामको तौल घटाउनुका साथै पावर वृद्धि भएको कारणले सहज सवारी अनुभवको लागि पावर–टु–वेट रेसिओमा वृद्धि ल्याएको छ ।

२००५ मा पहिलो पटक लन्च गरिएको टिभिएस अपाचे, ६० भन्दा बढी देशहरूमा बलियो उपस्थिति रहेको छ । गत वर्ष यसको ५० लाख बिक्री अंक पार गरेको थियो ।

प्रिमियम, टिभिएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले भने, “गत वर्ष नेपालको टिभिएस मोटरका प्रिमियम सेग्मेन्टमा साँच्चै उल्लेखनीय थियो, जहाँ हामीले उल्लेखनीय बजार हिस्सा हासिल गरेर महत्त्वपूर्ण माइल्स्टोन हासिल गरेका थियौं। नेपालमा द्रुत वृद्धि भइरहेको अपाचे ओनर ग्रुपको उत्साह र समर्थन असाधारण रहेको छ । यो सकारात्मक प्रतिक्रियाले नेपालमा हाम्रा ग्राहकहरूलाई नवीन र रोमाञ्चक उत्पादनहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिन्छ ।’

२०२४ टिभिएस अपाचे आरटीआर १६० मा पाँच स्टेप एडजस्टेबल रियर सस्पेन्सन र पहिलेको भन्दा अझ बढी पावर रहेको छ । यस मोटरसाइकलमा उत्कृष्ट ग्रिप प्रदान गर्ने रेमोरा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसको समग्र पर्फमेन्समा सुधारको लागि ब्लुटुथद्वारा सञ्चालित स्मार्टकनेक्टसहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । 

आरटीआर ओभरस्क्वायर न्यु–जेन इन्जिनद्वारा संचालित, २०२४ टिभिएस अपाचे आरटीआर १६०मा चार ओटा स्ट्रोक, फ्युल–इन्जेक्टेड १५९.७ सीसी सिंगल–सिलिन्डर, दुई–भल्भ ओटा एसओएचसी एयर–कूल्ड इन्जिन रहेको छ भने यसको पावरहाउसले ८५०० आरपीएममा ११.१९ किलोवाटको अधिकतम पावर र ६,००० आरपीएममा १३.०८ एनएम पीक टर्क प्रदान गर्दछ ।

डबल–क्र्याडल सिन्क्रो स्टिफ चेसिस रहेको यस मोटरसाइकलमा आक्रामक ब्रेकिङ, स्ट्रेट लाइन पर्फमेन्स र टाइट कर्नरिङका लागि उत्कृष्ट  पाँच–स्पीड गियरबक्स र २७० एमएम रोटो–पेटल डिस्क ब्रेकले सुसज्जित छ भने यसको सिङ्क्रोनाइज्ड स्टिफ चेसिसले पर्फमेन्स मात्र नभई राइडरहरुका लागि सुरक्षित सन्तुलन पनि सुनिश्चित गर्दछ।

२०२४ टिभिएस अपाचे आरटीआर १६० – म्याट ब्लू, रेसिङ रेड, ग्लोस ब्ल्याक, टी ग्रे र पर्ल ह्वाइट गरि पाँचवटा रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य रु. ३ लाख ५ हजार ९०० रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप