शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

बिहीबार, १३ वैशाख २०८१, ०७ : ५५
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । 

वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ४–२ को जित हात पार्दै छैटौँ स्थानमा उक्लिएको छ । सो क्रममा जारी खेलमा शेफिल्डले दुई पटक लिएको अग्रतालाई युनाइटेडले उल्ट्याएको थियो ।

खेलको ३५औँ मिनेटमा जेडेन बोग्लेले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । तर, ४२औँ मिनेटमा ह्यारी माग्वेरले बराबरी गोल गरे । ५०औँ मिनेटमा बेन ब्रेरेटनले गोल गर्दै शेफिल्डलाई पुनः अग्रता दिलाए । तर, ६१औँ मिनेटमा युनाइटेडले पेनाल्टी पाउँदा ब्रुनो फर्नाण्डेजले बराबरीमा ल्याए ।

८१औँ मिनेटमा फर्नाण्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ८५औँ मिनेटमा रास्मस होलुन्डले गोल गरेपछि युनाइटेडले ४–२ को जित दर्ता गरेको हो । जितसँगै युनाइटेड ५३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप