प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।
वर्ल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ४–२ को जित हात पार्दै छैटौँ स्थानमा उक्लिएको छ । सो क्रममा जारी खेलमा शेफिल्डले दुई पटक लिएको अग्रतालाई युनाइटेडले उल्ट्याएको थियो ।
खेलको ३५औँ मिनेटमा जेडेन बोग्लेले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । तर, ४२औँ मिनेटमा ह्यारी माग्वेरले बराबरी गोल गरे । ५०औँ मिनेटमा बेन ब्रेरेटनले गोल गर्दै शेफिल्डलाई पुनः अग्रता दिलाए । तर, ६१औँ मिनेटमा युनाइटेडले पेनाल्टी पाउँदा ब्रुनो फर्नाण्डेजले बराबरीमा ल्याए ।
८१औँ मिनेटमा फर्नाण्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ८५औँ मिनेटमा रास्मस होलुन्डले गोल गरेपछि युनाइटेडले ४–२ को जित दर्ता गरेको हो । जितसँगै युनाइटेड ५३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण