सेल्फी एक्स्पर्ट ओपोको एफ सेवेन सार्वजनिक
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले नेपालमा एफ सेवेन सार्वजनिक गरेको छ । आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सहितको नयाँ सेल्फी एक्स्पर्टले स्मार्टफोन प्रविधिलाई नयाँ उचाई प्रदान गर्ने कम्पनीको दावी छ । सेल्फी फोटोग्राफीका लागि एफ सेवेनले परिस्कृत एआई प्रविधि लगायत एआईमा आधारित अन्य वैकल्पिक फिचर्सको उपयोग गर्छ । सुपर फुल स्क्रिन र परिस्कृत मल्टिटास्किङ सफ्टवेयर सहितको एफसेवेनले प्रयोगकर्तालाई उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्छ ।
युवा पुस्तालाई लक्षित गरी तयार पारेको ओपो एफ सेवेन ६४ जीबी, ४ जीबी र्यामका साथमा नेपाली बजारमा सार्वजनिक गरिएको हो । अप्रिल २५ देखि सार्वजनिक गरिएका मोबाइल नेपाल भर सोलार रेड, मुनलाईट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन रंगका विकल्प सहित उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ओपोले चाँडै नै नेपाली बजारमा एफसेवन १ सय २८ जीबी, ६ जीबी र्याम सहित सोलार रेड र डायमण्ड ब्ल्याक रंगमा उपलब्ध गराउने पनि जनाएको छ । साथै, कार्यक्रम मार्फत कम्पनीले आफ्नो ग्लोबल एक्स्पान्सनका बारेमा समेत जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो
-
सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
-
सुनसरी घटनापछि रास्वपा : दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग
-
मोहम्मद नसिर : हिजो गोइत समूहका कार्यकर्ता, आज लागुऔषध तस्कर
-
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण