सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्जमा राज्य पक्षको बल प्रयोगले युवाको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ।
- एमालेले सरकार तथा स्थानीय प्रशासनलाई संवेदनशील विषयमा गैरजिम्मेवार, उदासीन र दिशाहीन भन्दै आलोचना गरेको छ।
- पार्टीले मृतकप्रति श्रद्धाञ्जली, घाइतेको निःशुल्क उपचार, पीडितलाई राहत र क्षतिपूर्ति तथा दोषीमाथि कारबाहीको माग गरेको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावग्रस्त परिस्थितिका क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको तथा अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका महासचिव शंकर पोखरेलद्वारा मंगलबार जारी प्रेस वक्तव्यमा नागरिकको जिउधनको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन संवेदनशील विषयमा गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिएको भन्दै आलोचना गरिएको छ। वक्तव्यमा विवाद समाधानका लागि समयमै संवाद र समन्वयको पहल गर्नुको सट्टा अनावश्यक बल प्रयोग र त्रासको वातावरण सिर्जना गरिएकाले परिस्थिति थप उत्तेजित बनेको उल्लेख गरिएको छ।
एमालेले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
साथै घाइते सबै नागरिकको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
वक्तव्यमा राज्यलाई दमनकारी रवैया तत्काल रोक्न, संयमता अपनाउन तथा समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधानतर्फ अग्रसर हुन पनि आग्रह गरिएको छ।
एमालेले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचारालाई कायम राख्न सबै पक्षसँग अपिल गर्दै देवानगञ्ज तथा समग्र सुनसरीका नागरिकलाई कुनै पनि प्रकारका अफवाहमा नलाग्न र वर्षौँदेखि कायम रहँदै आएको सामाजिक तथा धार्मिक सद्भाव जोगाइराख्न आह्वान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण