सुनसरी घटनापछि रास्वपा : दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
- रास्वपाले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
- पार्टीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर पार्ने गतिविधिबाट टाढा रहन आग्रह गर्दै शान्ति–सुरक्षा कायम गर्न माग गरेको छ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी लगायतका पूर्वी जिल्लामा हालै भएको दुःखद तथा संवेदनशील घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
पार्टीका सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
रास्वपाले कुनै पनि समस्या वा विवादको समाधान हिंसाबाट सम्भव नभएको उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरेको छ। पार्टीले अफवाह र उत्तेजनाको पछि नलागी संयमता अपनाउन नागरिक, धार्मिक तथा सामाजिक अगुवा र सरोकारवाला सबैलाई अपिल गरेको छ।
विज्ञप्तिमा सरकारले तत्काल शान्ति–सुरक्षा कायम गरी नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्नुपर्ने, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने तथा पीडित पक्षलाई उचित राहत, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै परिस्थितिलाई सामान्य बनाउन संवाद र सहकार्यमार्फत आवश्यक सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ। साथै, घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गर्दै पार्टीका स्थानीय समितिलाई पनि शान्ति र सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न निर्देशन दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
-
सत्ताकेन्द्रित सहकार्य होइन, सिद्धान्त र विचार मिल्नेहरूसँग एकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण