रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको चार वर्षमै देशको मूलधारको पार्टी बन्न सफल भएको छ ।
- रास्वपाले संवैधानिक समाजवादलाई मार्गदर्शक सिद्धान्त मानेको छ, जुन पुँजीवाद र समाजवादको मिश्रण हो ।
- एमाले नेता प्रदीप ज्ञवालीले पार्टीको वैचारिक लाइनमा प्रश्न उठाउँदा बालेन शाहले विकासवादी र काम गर्ने पार्टीको रूपमा प्रतिवाद गरेका छन् ।
चितवन । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको चार वर्षमै देशको मूलधारको पार्टी बन्न सफल भयो । २०७९ साल असार ७ गते पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा रास्वपा स्थापना भएको थियो ।
गत फागुनमा भएको निर्वाचनमा रास्वपाले दुई तिहाइ मत प्राप्त गरी सरकारको नेतृत्व गरिरहेको छ । तर पार्टी स्थापनाको चार वर्ष पुरा हुँदा समेत रास्वपाको सैद्धान्तिक र वैचारिक लाइन के हो भन्नेमा स्पष्ट नभएको आरोप खेपिरहेको छ । बहुलवादमा आधारित प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरेको यो पार्टीले प्रथम महाधिवेशन चितवनमा भव्यरुपमा गर्दैछ । यद्यपि रास्वपाको दस्ताबेज केलाउँदा संवैधानिक समाजवादलाई मार्गदर्शक सिद्धान्त मानेको देखिन्छ ।
संवैधानिक समाजवाद भनेका देशको संविधानले निर्दिष्ट गरेको परिधिमा रहेर विधिको शासन, सामाजिक न्याय, समृद्धि, व्यक्तिगत स्वतन्त्रताको पक्षमा निरन्तर अगाडि बढ्नु भन्ने बुझिन्छ । यसको मतलब रास्वपाले अंगिकार गरेको सिद्धान्त न पुँजीवाद हो न समाजवाद हो । यी दुवैको समिश्रणलाई रास्वपाले संवैधानिक समाजवादको व्याख्या गरेको देखिन्छ । नेपालको संविधान २०७२ को प्रस्तावनामै समाजवादउन्मुख समाजवाद भनेर व्याख्या गरेको छ । यद्यपि संविधान निर्माण पक्षधर कांग्रेस, कम्युनिस्ट वा मधेसी दलहरूले समाजवादलाई आ–आफ्नै व्याख्या गरेका छन् । सायद रास्वपाको बन्द सत्रमा यसबारे चर्चा होला ।
पाहुना बनेर महाधिवेशन उद्घाटनस्थल भरतपुर आएका विभिन्न दलका नेताहरूले पार्टीको मार्गदर्शक सिद्धान्तबारे प्रश्न उठाएपछि वरिष्ठ नेता तथा बालेन शाहले त्यसको प्रतिवाद गरेका छन् ।
‘हाम्रो पार्टीको चिन्तन के हो ? लेफ्ट हो कि राइट हो भनेर चिन्ता लिएको पाएँ । हाम्रो पार्टी विकासवादी पार्टी हो । काम गर्ने पार्टी हो । हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो । प्रतिशोध साध्ने, निहुँ खोजेर बस्ने होइन’, उनले भने ।
कार्यक्रममा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको धरातलबारे प्रश्न उठाएपछि बालेनले त्यसको प्रतिवाद गरेका थिए ।
‘राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ । तपाईंहरू सेन्टरमा उभिनुस् वा राइट वा लेफ्टमा ढल्किनुस्, त्यो ठुलो कुरा होइन। मुख्य कुरा गरिखाने जनताका लागि केही गर्ने पार्टी बन्नुस्,’ ज्ञवालीले भने ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि विचार, नीति तथा कार्यक्रम र नेतृत्व चयन गर्ने महाधिवेशन भएकाले राम्रोसँग मन्थन गर्न सुझाव दिएका थिए ।
उनले भनेका थिए, ‘नयाँ शक्ति उदय भएको बेला नेतृत्व असाध्यै महत्त्वपूर्ण हुन्छ । वैचारिक रूपमा स्पष्टता हुन आवश्यक छ । संवैधानिक समाजवाद स्पष्ट पार्न आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण