आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको प्रतिवाद गर्दै जनता कसैको दास नभएको टिप्पणी गरेका छन् ।
- शाहीले चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केही नेताहरूले 'हाम्रो भोट रास्वपालाई गयो' भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै चुनावमा प्राप्त हुने मत कसैको पेवा नहुने बताएका छन् ।
- उनले फुटबलको गोल र चुनावको भोट कसैको नहुने, जसले जनताको मन जित्छ, भोट उसैको हुने भन्दै जनताको जनमतभन्दा ठुलो केही नभएको बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले आफ्नै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको प्रतिवाद गर्दै ‘जनता कसैको दास नभएको’ टिप्पणी गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले चुनावमा प्राप्त हुने मत कसैको पेवा नहुने उल्लेख गरेका हुन् । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा केही नेताहरूले ‘हाम्रो भोट रास्वपालाई गयो’ भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै शाहीले यस्तो जवाफ दिएका हुन् ।
शाहीले फुटबलको उदाहरण दिँदै लेखेका छन्, ‘फुटबलको गोल र चुनावको भोट कसैको हुँदैन । जसले राम्रो खेल्न सक्यो, गोल उसैको हुन्छ । जसले जनताको मन जित्यो, भोट उसैको हुन्छ। ’
उनले अगाडि लेखेका छन्, “आज चितवनमा केही नेताहरूले ‘मेरो भोट’, ‘हाम्रो भोट’ भनेछन् । जनता कसैको दास होइनन् । त्यो भोट रास्वपाकै हो । यो चुनावमा जनताले रास्वपालाई मौका दिएका छन्, त्यसैले हामी सबैले स्विकार्नुपर्छ । जनताको जनमतभन्दा ठुलो कुरा केही छैन ।”
रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाका मतदाताले ‘बालेन शाहले राजा फर्काउँछन् भनेर रास्वपालाई भोट हालेको दाबी गरेका थिए । सोही कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि उस्तै धारणा राखेपछि शाहीले त्यसको विरोध गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण