शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
वेस्ट इन्डिजलाई हराउँदाको खुसी, तस्बिरहरू
फोटोफिचर

वेस्ट इन्डिजलाई हराउँदाको खुसी, तस्बिरहरू

शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो ।

नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो । 

नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए । खेलको अन्त्यमा गुल्सन झाले दुई चौका हिर्काउँदै टोलीलाई जितसम्म डोर्‍याए । 

वेस्ट इन्डिज जस्तो बलियो टोलीलाई हराएपछि  त्रिवि खेल मैदानमा खुसीयाली छाएको थियो । हेरौँ तस्बिरहरु :

nepal vs west indies (1)nepal vs west indies (2)nepal vs west indies (3)nepal vs west indies (4)nepal vs west indies (5)nepal vs west indies (6)nepal vs west indies (7)nepal vs west indies (8)nepal vs west indies (9)nepal vs west indies (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया