नेप्से ५ अंकले बढ्दा ३ अर्बभन्दा बढीको कारोबार
काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । कारोबार सुरु हुँदा बढेर सुरु भए पनि दिउँसो परिसूचकमा गिरावट आएको थियो । तर साढे १ बजेदेखि भने परिसूचक फेरि बढ्न थाल्यो र ५.६३ अंक बढेर बन्द भयो ।
०.२८ प्रतिशतले बढेसँगै परिसूचक १९६६ अङ्कको बिन्दुमा पुगेर रोकिएको छ । यसक्रममा आज ११५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ वटा कम्पनीकै मूल्य घटेको छ । यता १४ वटा कम्पनीको मूल्य भने स्थिर छ ।
यसक्रममा आज ३ अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरको ७० लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ । आज ओरियन्टल होटल लिमिटेडको सेयर मूल्य ८.४६ प्रतिशतले बढेको छ । यस्तै सिटी होटलको सेयर मूल्य ७.९९ प्रतिशतले बढेको छ । कुमारी सबल योजनाको मूल्य भने ८.४८ प्रतिशतले घटेको छ ।
परिसूचकमा सामान्य वृद्धि आउँदा तीन वटा समूहको सूचकमा गिरावट आएको छ । जीवन बीमा समूहमा ४३ अङ्कको गिरावट आउँदा लघुवित्त समूहको सूचक ३८ अंकले घटेको छ । तर होटल तथा टुरिजम समूहको सूचकमा ३४२ प्रतिशतको वृद्धि आएको छ ।
यसपछि विकास बैंक समूहको सूचक ३२ अंकले बढ्दा बैंकिङ समूहको सूचक ४ तथा वित्त समूहको सूचक १४ अंकले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण