एचएसबीसीका प्रमुख कार्यकारीले दिए राजीनामा
लन्डन । बेलायती बहुराष्ट्रिय बैङ्किङ समूह एचएसबीसीका प्रमुख कार्यकारी नोएल कुइनले राजीनामा दिएका छन् । कुइनले पाँच वर्षदेखि बैङ्किङ समूहको प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए । समूह ६२ वर्षीय कुइनको उत्तराधिकारी खोजिरहेको छ । नयाँ प्रमुख कार्यकारी नियुक्त नहुँदासम्म भने कुइन उक्त पदमा आसीन रहनेछन् ।
एचएसबीसीले कम्पनी भित्र र बाहिर दुबैतिर सम्भावित उम्मेदवार खोजिरहेको बताइएको छ । गएको वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा एचएसबीसीको मुनाफा १ दशमलव ८ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएकै समयमा कुइनको राजीनामा आएको हो । जनवरी–मार्च त्रैमासमा कम्पनीको कर पूर्वको मुनाफा १२ दशमलव ७ प्रतिशत थियो ।
यो बजार विश्लेषकहरूले गरेको अनुमानभन्दा चाहिँ केही राम्रो हो । कुइन विगत ३७ वर्षदेखि एचएसबीसीमा काम गरिरहेका छन् । तत्कालीन सीईओ जोन फ्लिन्ट बाहिरिएपछि आन्तरिक रूपमा उनलाई सन् २०१९ मा बैंकको सीईओ बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविरामबिच इरान–अमेरिका हानाहान, हिजबुल्लाहले इजरायल–लेबनान सम्झौताको खाका नस्विकार्ने
-
विश्वविजेता भारत स्तब्ध, आयरल्यान्डसँग पहिलो पटक पराजित
-
‘मलाई धेरै र व्यावसायिक फिल्म दिनुपर्ने दबाब छैन’
-
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण