सरकारलाई पत्रकारहरूको सकारात्मक खबरदारी आवश्यक छ : मुख्यमन्त्री महरा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकारलाई सफल बनाउन पत्रकारहरुको सकरात्मक खबरदारी आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको आज दाङमा उद्घाटन गर्दै उनले नेपाली सञ्चारमाध्यमहरुबाट नागरिकहरुमा आशा जगाउने गरी समाचार प्रकाशन–प्रशारण गर्न आवश्यक रहेको बताएका हुन् ।
मुख्यमन्त्री महराले पत्रकारलाई प्रदेश सरकारको त्रुटि औँल्याएर सरकारलाई सही दिशातर्फ ल्याउन सकरात्मक भूमिका खेल्न आग्रह गरे । सञ्चारजगतले सरकारलाई काम गर्न बलियो बनाउने हिसाबले समाचार सम्प्रेषण गर्नुपर्ने समेत उनले बताए ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री दिनेश पन्थीले नेपाली प्रेसले समाज रुपान्तरणका लागि अतुलनीय भूमिका निर्वाह गरेको र अझ सशक्त भएर अघि बढ्न आवश्यक रहेको बताए । पत्रकारितालाई व्यवस्थित, सम्मानित र भरपर्दो बनाउन तर्फ सबै पत्रकारहरुको ध्यान जानुपर्ने सुझाब दिँदै मन्त्री पन्थीले बदलिँदो समयानुकूल प्रविधिको प्रयोगमा पत्रकारिताको उच्चतम प्रयोग हुन आवश्यक रहेको बताए ।
पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पछिल्लो समय नेपाली पत्रकारितालाई नै सिध्याउने गरी सर्वोच्च अदालत लागेको आरोप लगाए । उनले कुनै एउटा अनलाइनले उठाएको समाचारलाई लिएर सिंगो नेपाली पत्रकारितालाई हतोत्साहित बनाउने र प्रेस स्वतन्त्रता समाप्त पार्ने प्रवृतिको शुरुवात अदालतले गरेको भन्दै नेपाली प्रेस र अदालत आमाने—समाने हुने अवस्था आउन नदिन अदालत गम्भीर बन्नुपर्ने बताए ।
सो अवसरमा प्रदेश समितिले विभिन्न जिल्लामा रहेर पत्रकारिता गरिरहेका चार जना पत्रकार र पत्रकार महासंघ दाङ शाखालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा प्रेम केसी .(नेपागञ्ज), प्रेम सुनार (गुल्मी), मेनका चौधरी (बर्दिया) र बसुन्धरा गौतम (दाङ) सम्मानित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली श्रमिकहरूका समस्या समाधानका लागि एनआरएनएसँग सहकार्य गर्न प्रतिबद्ध छौँ : मन्त्री भण्डारी
-
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
-
सार्वजनिक यातायात हड्तालविरूद्ध सर्वोच्चमा रिट, बुधबार पेसी
-
जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता
-
लामो भाषण गरेर जनतालाई नथकाउन प्रचण्डको सुझाव
-
बागमती प्रदेश सभाबाट आज पनि दुई विधेयक पारित