सवारी दुर्घटनामा दुई जनाको मृत्यु

दाङ । दाङ र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दाङको तुल्सीपुर उपमहानगरपालिका-९ अटोभिलेजस्थित सडकमा रा.१ क ५९६ नम्बरको ट्रकको ठक्करबाट सोही उपमहानगरपालिका-९ बेलुवा घर भएका ३८ वर्षीय सेफ अलि खानको आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै इलेक्ट्रोनिक पसल अगाडि ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता रूपन्देहीको सैनामैना नगरपालिका-१ बर्माचोकस्थित सडकमा लु.१ ख ७४०९ नम्बरको माइक्रो बस र लु.९ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ७० वर्षीय शिवलाल पोख्रेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी उनकै श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीद्वारा चित्र प्रदर्शनीको अवलोकन (तस्बिरहरू)
-
नेपाली श्रमिकहरूका समस्या समाधानका लागि एनआरएनएसँग सहकार्य गर्न प्रतिबद्ध छौँ : मन्त्री भण्डारी
-
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
-
सार्वजनिक यातायात हड्तालविरूद्ध सर्वोच्चमा रिट, बुधबार पेसी
-
जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता
-
लामो भाषण गरेर जनतालाई नथकाउन प्रचण्डको सुझाव