सवारी दुर्घटनामा दुई जनाको मृत्यु
दाङ । दाङ र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दाङको तुल्सीपुर उपमहानगरपालिका-९ अटोभिलेजस्थित सडकमा रा.१ क ५९६ नम्बरको ट्रकको ठक्करबाट सोही उपमहानगरपालिका-९ बेलुवा घर भएका ३८ वर्षीय सेफ अलि खानको आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै इलेक्ट्रोनिक पसल अगाडि ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता रूपन्देहीको सैनामैना नगरपालिका-१ बर्माचोकस्थित सडकमा लु.१ ख ७४०९ नम्बरको माइक्रो बस र लु.९ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ७० वर्षीय शिवलाल पोख्रेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी उनकै श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित
-
रास्वपा महाधिवेशन : दोस्रो चरणको निर्वाचन प्रक्रिया पछि धकेलियो, प्रतिनिधि आक्रोशित
-
रास्वपा केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेसहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण