बुन्डेस लिगा च्याम्पियन बायर लेभरकुजन लगातार ४८ खेलमा अपराजित
काठमाडौँ । बुन्डेस लिगा फुटबलमा बायर लेभरकुजनले आफ्नो विजय यात्रालाई निरन्तरता दिएको छ । बायर लेभरकुजनले आइतबार राति खेलिएको आफ्नो पछिल्लो खेलमा ईन्ट्राक्ट फ्रान्कफर्टमाथि ५–१ गोलको सजिलो जित हासिल ग¥यो ।
बायमर लेभरकुजनले ईन्ट्राक्ट फ्रान्कफर्टलाई उसैको घरेलु मैदानमा हराएको हो । जितसँगै बायर लभेरकुजनले आफ्नो अपराजित यात्रालाई ४८ पु¥याएको छ । एकपक्षीय खेलमा बायर लेभरकुजनले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेको थियो ।
खेल सुरु भएको १२औँ मिनेटमै ग्रानिट जाखाले भ्रमणकारी टोलीका लागि पहिलो गोल गरेका थिए । ३२औँ मिनेटमा ईन्ट्राक्ट फ्रान्कफर्टका फ्रान्सेली स्ट्राइकर ह्युगो एकिटिकले जवाफी गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।
निर्धारित समयको ४४औँ मिनेटमा प्याट्रिक सिकले बायर लेभरकुजनका लागि दोस्रो गोल गरेका थिए । ५८औँ मिनेटमा एक्विल पालासियसले तेस्रो गोल थपेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । ७७औँ मिनेटमा जेरेमी फ्रिमपोङले चौथो गोल गरेका थिए । उनी परिवर्तित खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका थिए ।
यसैगरी निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि भिक्टर बोनिफेसले टोलीका लागि पाँचौँ गोल गरेका थिए । उनले पनि पेनाल्टीमार्फत गोल गरेका थिए । बायर लेभरकुजनले यसअघि नै बुन्डेस लिगाको उपाधि चुमिसकेको छ ।
३२ खेलबाट ८४ अंक बटुलेको बायर लेभरकुजन अंक तालिकाको पहिलो स्थानमा छ । दोस्रो स्थानमा आसिन बायर्न म्युनिखले ३२ खेलबाट ६९ अंक बटुलेको छ । ईन्ट्राक्ट फ्रान्कफर्ट भने ३२ खेलबाट ४५ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण