आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इलाम र सिराहाका एसपी फेरिए

सोमबार, २४ वैशाख २०८१, १६ : ४४
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय इलाम र सिराहाका एसपी फेरिएका छन् । इलाममा प्रभु ढकाललाई सरुवा गरिएको छ । सिराहामा एसपी रमेश पण्डितलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

इलाममा कार्यरत वासुदेव खतिवडा र सिराहामा कार्यरत सन्तोष आचार्यलाई फिर्ता बोलाइएको छ । आचार्य २०८० फागुन १ मा सिराहामा गएका थिए । ३ महिना पुरा नहुँदै उनलाई जिम्मेवारी बाट हटाइएको छ ।

एसपी खतिवडाले इलाम–२ मा उपचुनाव त्रुटिरहित तरिकाले सम्पन्न गरेका थिए । एक वर्ष अवधि नपुग्दै उनलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा सरुवा गरिएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । २०८० चैत २३ मा पनि अवधि नपुग्दै तराईको ६ जिल्लाका एसपीहरू हटाइएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप