इलाम र सिराहाका एसपी फेरिए
सोमबार, २४ वैशाख २०८१, १६ : ४४
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय इलाम र सिराहाका एसपी फेरिएका छन् । इलाममा प्रभु ढकाललाई सरुवा गरिएको छ । सिराहामा एसपी रमेश पण्डितलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
इलाममा कार्यरत वासुदेव खतिवडा र सिराहामा कार्यरत सन्तोष आचार्यलाई फिर्ता बोलाइएको छ । आचार्य २०८० फागुन १ मा सिराहामा गएका थिए । ३ महिना पुरा नहुँदै उनलाई जिम्मेवारी बाट हटाइएको छ ।
एसपी खतिवडाले इलाम–२ मा उपचुनाव त्रुटिरहित तरिकाले सम्पन्न गरेका थिए । एक वर्ष अवधि नपुग्दै उनलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा सरुवा गरिएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । २०८० चैत २३ मा पनि अवधि नपुग्दै तराईको ६ जिल्लाका एसपीहरू हटाइएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
-
टेलिकम बिलिङ सिस्टम भ्रष्टाचार मुद्दाः सुनिल पौडेलसहित १८ जनाविरुद्ध सुनुवाइ सुरु
-
बाँकेमा रोपाइँ गर्न आकाशे पानीको भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण