रुससँगको युद्धमा मारिए युक्रेनका ओलम्पियन
मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ४०
कीएभ । सन् २०१६ को रियो ओलम्पिक्समा युक्रेनको प्रतिनिधित्व गरेका भारोत्तोलन खेलाडी ओलेक्सान्डर पिलिसेन्कोको मृत्यु भएको छ । दुई पटकको युरोपियन च्याम्पियन रहिसकेका ३० वर्षीय ओलेक्सान्डर सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै युक्रेनको सेनामा आबद्ध भएका थिए ।
युक्रेनियन वेटलिफ्टिङ फेडरेसन (यूडब्लूएफ) का अनुसार उनी युद्ध मैदानमा मारिएका हुन् । रियो ओलम्पिक्समा ८५ केजी समूहमा उनी चौथो भएका थिए भने सन् २०१६ र २०१७ को युरोपियन च्याम्पियनसिपमा उनले स्वर्ण जितेका थिए ।
सन् २०१८ मा डोपिङमा असफल भएपछि उनी प्रतिबन्धमा परेका थिए । यूडब्लूएफले ओलेक्सान्डरको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण