आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुससँगको युद्धमा मारिए युक्रेनका ओलम्पियन

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ४०
मङ्गलबार, २५ वैशाख २०८१

कीएभ । सन् २०१६ को रियो ओलम्पिक्समा युक्रेनको प्रतिनिधित्व गरेका भारोत्तोलन खेलाडी ओलेक्सान्डर पिलिसेन्कोको मृत्यु भएको छ । दुई पटकको युरोपियन च्याम्पियन रहिसकेका ३० वर्षीय ओलेक्सान्डर सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै युक्रेनको सेनामा आबद्ध भएका थिए ।

युक्रेनियन वेटलिफ्टिङ फेडरेसन (यूडब्लूएफ) का अनुसार उनी युद्ध मैदानमा मारिएका हुन् । रियो ओलम्पिक्समा ८५ केजी समूहमा उनी चौथो भएका थिए भने सन् २०१६ र २०१७ को युरोपियन च्याम्पियनसिपमा उनले स्वर्ण जितेका थिए ।

सन् २०१८ मा डोपिङमा असफल भएपछि उनी प्रतिबन्धमा परेका थिए । यूडब्लूएफले ओलेक्सान्डरको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप