आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै काममा फर्किइन् भारती सिंह

मङ्गलबार, २५ वैशाख २०८१, १८ : २८
मङ्गलबार, २५ वैशाख २०८१

नयाँ दिल्ली । कमेडियन भारती सिंहको केही दिनअघि मात्रै पित्त थैलीको पत्थरीका कारण अस्पतालमा भर्ना भएकी थिइन् । सिंह अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् । 

डिस्चार्ज भएको एक दिनपछि उनले रियालिटी शो ‘डान्स दिवाने ४’को सुटिङ पनि सुरु गरेकी छन् । भारती सोमबार शोको सुटिङ गरिरहेको देखिएकी थिइन् ।

‘घर फर्किन पाउँदा निकै खुसी छु । छोरा गोला र परिवारलाई फेरि भेटेर म खुसी छु । तर, शल्यक्रिया अझै बाँकी छ । पित्तथैलीमा पत्थरीका कारण इन्फेक्सन भएको थियो जुन अहिले अहिले निको भएकोले डिस्चार्ज भए,’ आफ्नो नयाँ युट्यूब भिडियोमा भारतीले भनेकी थिइन् । भारती केही परीक्षण गराएपछि घर फर्किएकी हुन् । शल्यक्रियाका लागि केही दिनपछि फेरि अस्पताल भर्ना हुनु पर्नेछ ।

भारतीले सन् २०१७ मा लेखक हर्ष लिम्बाचियासँग विवाह गरेकी थिइन् । सन् २०२२ मा भारतीले छोरा गोलालाई जन्म दिएकी थिइन् । करिब ७ वर्ष डेटिङ गरेपछि दुवैले विवाह गरेका थिए । हर्षले प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकको संवाद लेखेका थिए । फिल्म ‘मलंग’को टाइटल ट्र्याक पनि उनैले लेखेका हुन् । भारती सिंह भारतकी चर्चित कमेडियन हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप