अस्पतालबाट डिस्चार्ज हुने बित्तिकै काममा फर्किइन् भारती सिंह
नयाँ दिल्ली । कमेडियन भारती सिंहको केही दिनअघि मात्रै पित्त थैलीको पत्थरीका कारण अस्पतालमा भर्ना भएकी थिइन् । सिंह अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् ।
डिस्चार्ज भएको एक दिनपछि उनले रियालिटी शो ‘डान्स दिवाने ४’को सुटिङ पनि सुरु गरेकी छन् । भारती सोमबार शोको सुटिङ गरिरहेको देखिएकी थिइन् ।
‘घर फर्किन पाउँदा निकै खुसी छु । छोरा गोला र परिवारलाई फेरि भेटेर म खुसी छु । तर, शल्यक्रिया अझै बाँकी छ । पित्तथैलीमा पत्थरीका कारण इन्फेक्सन भएको थियो जुन अहिले अहिले निको भएकोले डिस्चार्ज भए,’ आफ्नो नयाँ युट्यूब भिडियोमा भारतीले भनेकी थिइन् । भारती केही परीक्षण गराएपछि घर फर्किएकी हुन् । शल्यक्रियाका लागि केही दिनपछि फेरि अस्पताल भर्ना हुनु पर्नेछ ।
भारतीले सन् २०१७ मा लेखक हर्ष लिम्बाचियासँग विवाह गरेकी थिइन् । सन् २०२२ मा भारतीले छोरा गोलालाई जन्म दिएकी थिइन् । करिब ७ वर्ष डेटिङ गरेपछि दुवैले विवाह गरेका थिए । हर्षले प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकको संवाद लेखेका थिए । फिल्म ‘मलंग’को टाइटल ट्र्याक पनि उनैले लेखेका हुन् । भारती सिंह भारतकी चर्चित कमेडियन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
-
तिलिचो भक्ति यात्रा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण