पार्टी रुपान्तरण जरुरी छ : कांग्रेस उपसभापति खड्का

बुटवल । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण जरुरी रहेको बताएका छन् । उनले यसका लागि पार्टी सञ्चालनका क्रममा भएका कमजोरी स्वीकार गर्दै आफू सच्चिन तयार भएको जनाउँदै सबैले आफ्ना गल्ती स्वीकार गरेर सच्चिनुपर्नेमा जोड दिए ।
नेपाल मुस्लिम संघ, लुम्बिनीको प्रथम सम्मेलनलाई बुटवलमा बुधबार सम्बोधन गर्दै उनले पार्टी सञ्चालनका भएका कमजोरी स्वीकार्दै पार्टीलाई पुनःनिर्माण गरेर जोगाउनुपर्ने अवस्था आएको बताए ।
उनले भने, ‘म तपाईंहरूले बनाएको उपसभापति हुँ, म आफ्नो तर्फबाट भएका गल्ती स्वीकार्न तयार छु, सबैले गल्ती स्वीकारौँ, पार्टी आफ्नो ट्रयाकमा आउँछ ।’
उपसभापति खड्काले पार्टी बचाएको पुस्तालाई सम्मान गर्नुपर्ने र अहङ्कार, घमण्डबाट मुक्त भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
इलाम र बझाङको उपनिर्वाचनबाट पाठ सिकेर अघि बढ्नुपर्ने भन्दै उनले दुवै क्षेत्रको उपनिर्वाचनमा ०७९ सालमा पाएको मत सुरक्षित गरे पनि थप बढाउन नसकेको प्रस्ट पारे ।
उपनिर्वाचनको परिणामलाई पार्टीले गम्भीरतापूर्वक लिएको खड्काको भनाइ थियो । उनले सङ्घीय सरकारले आवश्यक कानुन बनाउन नसक्दा प्रदेशलाई समस्या भएको र सङ्घीयताको विपक्षमा प्रश्न उठाउनेलाई बल पुगेको पनि बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सहकारी ठगहरू लगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको आरोप लगाए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद अब्दुल रज्जाक, कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम सङ्घका संस्थापक अध्यक्ष अब्दुल सत्तार, कांग्रेस केन्द्रीय सदस्य देवेन्द्र कँडेल लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधिकालागी बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने