रियलले भित्र्यायो बोर्नमाउथका युवा डिफेन्डर
आइतबार, ०४ जेठ २०८२, १५ : २४
_f5TGVn1xoh.png)
समाचार सारांश
- रियल मड्रिडले बोर्नमाउथका डिफेन्डर डिन होयसनलाई ५ करोड पाउन्डमा अनुबन्ध गरेको छ।
- २० वर्षीय होयसनले रियलसँग ५ वर्षको सम्झौता गरेका छन् र क्लब विश्वकप खेल्नेछन्।
- होयसन १ जुनदेखि रियलमा आबद्ध हुनेछन् र क्लब विश्वकपमा अल हिलालसँग प्रतिस्पर्धा गर्नेछन्।
मड्रिड । रियल मड्रिडले बोर्नमाउथका युवा डिफेन्डर डिन होयसनलाई अनुबन्ध गरेको छ । मिडिया रिपोर्टका अनुसार स्पेनिस महारथीले होयसनको ५ करोड पाउन्डको रिलिज क्लज तिरेको हो ।
२० वर्षीय खेलाडीले क्लबसँग ५ वर्षको करार सम्झौता गरेको छ । योसँगै उनले अमेरिकामा हुन लागेको क्लब विश्वकप खेल्न पाउनेछन् ।
दुवै क्लबले होयसनको ट्रान्सफर सम्झौताबारे पुष्टि गर्दै उनी १ जुनदेखि औपचारिकरुपमा मड्रिडमा आबद्ध हुने जानकारी दिएको छ । रियलले १८ जुनमा क्लब विश्वकपको पहिलो खेलमा साउदी अरबको टोली अल हिलालसँग भिड्नेछ ।
रियलले होयसनको ट्रान्सफर रकम तीन किस्तामा तिर्नेछ । यसमध्ये केही रकम उनको पूर्वक्लबले पनि पाउनेछ, जसमा युभेन्टसले १० प्रतिशत र मालागाले ५ प्रतिशत प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता