रियलले भित्र्यायो बोर्नमाउथका युवा डिफेन्डर
आइतबार, ०४ जेठ २०८२, १५ : २४
सारांश
- रियल मड्रिडले बोर्नमाउथका डिफेन्डर डिन होयसनलाई ५ करोड पाउन्डमा अनुबन्ध गरेको छ।
- २० वर्षीय होयसनले रियलसँग ५ वर्षको सम्झौता गरेका छन् र क्लब विश्वकप खेल्नेछन्।
- होयसन १ जुनदेखि रियलमा आबद्ध हुनेछन् र क्लब विश्वकपमा अल हिलालसँग प्रतिस्पर्धा गर्नेछन्।
मड्रिड । रियल मड्रिडले बोर्नमाउथका युवा डिफेन्डर डिन होयसनलाई अनुबन्ध गरेको छ । मिडिया रिपोर्टका अनुसार स्पेनिस महारथीले होयसनको ५ करोड पाउन्डको रिलिज क्लज तिरेको हो ।
२० वर्षीय खेलाडीले क्लबसँग ५ वर्षको करार सम्झौता गरेको छ । योसँगै उनले अमेरिकामा हुन लागेको क्लब विश्वकप खेल्न पाउनेछन् ।
दुवै क्लबले होयसनको ट्रान्सफर सम्झौताबारे पुष्टि गर्दै उनी १ जुनदेखि औपचारिकरुपमा मड्रिडमा आबद्ध हुने जानकारी दिएको छ । रियलले १८ जुनमा क्लब विश्वकपको पहिलो खेलमा साउदी अरबको टोली अल हिलालसँग भिड्नेछ ।
रियलले होयसनको ट्रान्सफर रकम तीन किस्तामा तिर्नेछ । यसमध्ये केही रकम उनको पूर्वक्लबले पनि पाउनेछ, जसमा युभेन्टसले १० प्रतिशत र मालागाले ५ प्रतिशत प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण