आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने

आइतबार, ०४ जेठ २०८२, १५ : ३७
आइतबार, ०४ जेठ २०८२

मुम्बई । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीलाई ठुलो झट्का लागेको छ । 

मुम्बईस्थित मलाडको मढ क्षेत्रको एरंगल गाउँमा बनाइएको उनको घर अवैध भएको भारतको बृहन्मुम्बई नगर निगम बीएमसीले बताएको छ । 

घरमा अवैध तरिकाले भुइँतला निर्माण गरेको आरोपमा बीएमसीले मिथुनलाई कारण देखाऊ सूचना जारी गरेको बताएको छ । यो सूचनाले अभिनेतालाई समस्यामा पारेको छ । अब उनीसँग निर्माणको औचित्य प्रमाणित गर्न सात दिनको समयसीमा छ । 

मुम्बई नगर निगमको अधिनियमको धाराअन्तर्गत मे १० मा जारी गरिएको यो सूचनाअनुसार मिथुनले आफ्नो घरको निर्माण वैध भनी प्रमाणित गर्नुपर्ने भएको हो । तर मिथुनले यसलाई वैध प्रमाणित गर्न नसके सरकारले उनको संरचना भत्काउन सक्नेछ ।  

बीएमसीले मध क्षेत्रमा अवैध निर्माणविरुद्ध कडा कारबाही थालेको छ । उक्त क्षेत्रमा लगभग १०१ वटा अवैध निर्माणहरू पत्ता लागेको जनाइएको छ । जसमध्ये धेरैजसो नक्कली कागजातका आधारमा निर्माण गरिएको आरोप लगाइएको छ । 

बीएमसीले मेको अन्त्यसम्म अवैध निर्माणहरू हटाउने लक्ष्यसमेत राखेको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।  

यद्यपि यस विषयमा मिथुन चक्रवर्तीले आफ्नो मौनता तोडेका छन् । उनले सबै आरोपहरूको खण्डन गर्दै आफ्नो कुनै पनि संरचना अवैध नभएको दाबी गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप