मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने
मुम्बई । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्तीलाई ठुलो झट्का लागेको छ ।
मुम्बईस्थित मलाडको मढ क्षेत्रको एरंगल गाउँमा बनाइएको उनको घर अवैध भएको भारतको बृहन्मुम्बई नगर निगम बीएमसीले बताएको छ ।
घरमा अवैध तरिकाले भुइँतला निर्माण गरेको आरोपमा बीएमसीले मिथुनलाई कारण देखाऊ सूचना जारी गरेको बताएको छ । यो सूचनाले अभिनेतालाई समस्यामा पारेको छ । अब उनीसँग निर्माणको औचित्य प्रमाणित गर्न सात दिनको समयसीमा छ ।
मुम्बई नगर निगमको अधिनियमको धाराअन्तर्गत मे १० मा जारी गरिएको यो सूचनाअनुसार मिथुनले आफ्नो घरको निर्माण वैध भनी प्रमाणित गर्नुपर्ने भएको हो । तर मिथुनले यसलाई वैध प्रमाणित गर्न नसके सरकारले उनको संरचना भत्काउन सक्नेछ ।
बीएमसीले मध क्षेत्रमा अवैध निर्माणविरुद्ध कडा कारबाही थालेको छ । उक्त क्षेत्रमा लगभग १०१ वटा अवैध निर्माणहरू पत्ता लागेको जनाइएको छ । जसमध्ये धेरैजसो नक्कली कागजातका आधारमा निर्माण गरिएको आरोप लगाइएको छ ।
बीएमसीले मेको अन्त्यसम्म अवैध निर्माणहरू हटाउने लक्ष्यसमेत राखेको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।
यद्यपि यस विषयमा मिथुन चक्रवर्तीले आफ्नो मौनता तोडेका छन् । उनले सबै आरोपहरूको खण्डन गर्दै आफ्नो कुनै पनि संरचना अवैध नभएको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण