आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

अछाम र दाङमा जबरजस्ती करणीको घटना : २ जना पक्राउ

आइतबार, ०४ जेठ २०८२, १२ : ५४
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • अछाममा २० वर्षीया महिलालाई करणी गरेको आरोपमा २६ वर्षीय डबल बहादुर थापा पक्राउ परेका छन्।
  • दाङमा ७ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ७५ वर्षीय गिरीराज बुढाथोकी पक्राउ परेका छन्।
  • प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ।

काठमाडौं । अछाम र दाङमा भएका दुई छुट्टाछुट्टै जबरजस्ती करणीको घटनामा २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछामको चौरपाटी गाउँपालिका-१ बस्ने २६ वर्षीय डबल बहादुर थापा शनिबार बेलुकी प्रहरीले पक्राउ परेका छन् । 

  थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी दाङमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टा बस्ने ७५  वर्षीय गिरीराज बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप