स्पर्ससँग हारेपछि बर्नली रेलिगेसनमा

लण्डन । टोटनह्याम हटस्पर्ससँग पराजित हुँदै बर्नली प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । लिगमा आफूलाई कायम राख्न शनिबारको खेलमा बर्नलीलाई जितको आवश्यकता थियो । तर, टोली स्पर्ससँग १–२ गोलले स्तब्ध बन्यो ।
खेलमा अग्रता भने बर्नलीले लिएको थियो । खेलको २५ औँ मिनेटमा जेकम ब्रनले गोल गर्दै टोलीलाई आशा दिलाएका थिए । तर, सात मिनेटपछि नै पेड्रो पोर्रोले स्पर्सका लागि बराबरी गोल फर्काए ।
खेल बराबरीतर्फ अग्रसर भइरहँदा ८२ औँ मिनेटमा मिकी भान डे भेनले गोल गर्दै स्पर्सलाई जित दिलाए । जितसँगै पाँचौँ स्थानमा रहेको स्पर्सले एस्टन भिल्लामाथि च्याम्पियन्स लिगको दौडमा दबाब कायम राखेको छ ।
दुई खेल बाँकी छँदा स्पर्स भिल्लाभन्दा ४ अङ्कले पछि रहेको छ । ३६ खेलबाट स्पर्सको ६३ अङ्क छ भने भिल्ला ६७ अङ्कसहित चौथो स्थानमा विराजमान छ । उता, बर्नलीसँगै सेफिल्ड युनाइटेड पनि रेलिगेजनमा परिसकेको छ ।
त्यस्तै, वेस्ट ह्याम युनाइटेडसँग पराजित भएको लुटन टाउन पनि रेलिगेसनका निकट पुगेको छ । प्राविधिकरुपमा मात्र टोली लिगमा कायम रहने सम्भावना रहेको छ । एक खेल बाँकी छँदा नटिङह्याम फरेस्टभन्दा टोली ३ अङ्कले पछि छ । यद्यपि, दुई टोलीबिच ठुलो गोल अन्तर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण