स्पर्ससँग हारेपछि बर्नली रेलिगेसनमा
लण्डन । टोटनह्याम हटस्पर्ससँग पराजित हुँदै बर्नली प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । लिगमा आफूलाई कायम राख्न शनिबारको खेलमा बर्नलीलाई जितको आवश्यकता थियो । तर, टोली स्पर्ससँग १–२ गोलले स्तब्ध बन्यो ।
खेलमा अग्रता भने बर्नलीले लिएको थियो । खेलको २५ औँ मिनेटमा जेकम ब्रनले गोल गर्दै टोलीलाई आशा दिलाएका थिए । तर, सात मिनेटपछि नै पेड्रो पोर्रोले स्पर्सका लागि बराबरी गोल फर्काए ।
खेल बराबरीतर्फ अग्रसर भइरहँदा ८२ औँ मिनेटमा मिकी भान डे भेनले गोल गर्दै स्पर्सलाई जित दिलाए । जितसँगै पाँचौँ स्थानमा रहेको स्पर्सले एस्टन भिल्लामाथि च्याम्पियन्स लिगको दौडमा दबाब कायम राखेको छ ।
दुई खेल बाँकी छँदा स्पर्स भिल्लाभन्दा ४ अङ्कले पछि रहेको छ । ३६ खेलबाट स्पर्सको ६३ अङ्क छ भने भिल्ला ६७ अङ्कसहित चौथो स्थानमा विराजमान छ । उता, बर्नलीसँगै सेफिल्ड युनाइटेड पनि रेलिगेजनमा परिसकेको छ ।
त्यस्तै, वेस्ट ह्याम युनाइटेडसँग पराजित भएको लुटन टाउन पनि रेलिगेसनका निकट पुगेको छ । प्राविधिकरुपमा मात्र टोली लिगमा कायम रहने सम्भावना रहेको छ । एक खेल बाँकी छँदा नटिङह्याम फरेस्टभन्दा टोली ३ अङ्कले पछि छ । यद्यपि, दुई टोलीबिच ठुलो गोल अन्तर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण