युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास
सारांश
- युक्रेनी ड्रोन कमाण्डर र पाइलटहरूका अनुसार, रुसले युक्रेनका मध्यम दूरीका ड्रोनहरूलाई निष्क्रिय पार्न स्टारलिङ्क इन्टरनेट प्रणालीमा अवरोध पुर्याउन शक्तिशाली इलेक्ट्रोनिक प्रणाली प्रयोग गर्न थालेको छ।
- युक्रेनले विकास गरेका मध्यम दूरीका ड्रोनहरू स्टारलिङ्क प्रणालीमार्फत सञ्चालित भई रुसी सैन्य लक्ष्यहरूमा आक्रमण गर्न सफल भएका छन्।
- रुसले 'भोल्ना कुपोल गारान्टु' नामक ज्यामिङ प्रणाली प्रयोग गरी करिब २० वर्ग किलोमिटर क्षेत्रभित्र स्टारलिङ्कको सिग्नल अस्थिर बनाउन सक्ने दाबी गरिएको छ।
किभ । रूसले युक्रेनका मध्यम दूरीका आक्रमणकारी ड्रोनहरूलाई निष्क्रिय बनाउन एलन मस्कको स्टारलिङ्क उपग्रह इन्टरनेट प्रणालीमा अवरोध सिर्जना गर्ने शक्तिशाली इलेक्ट्रोनिक प्रणाली प्रयोग गर्न थालेको युक्रेनी ड्रोन कमाण्डरहरू र पाइलटहरूले बताएका छन् ।
युक्रेनले पछिल्लो समय विकास गरेका मध्यम दूरीका ड्रोनहरूले अग्रपंक्तिभन्दा दर्जनौं किलोमिटर पछाडि रहेका रूसी सैन्य लक्ष्यहरूलाई कम लागतमा र उच्च सटीकताका साथ आक्रमण गर्न सफल भएका छन् । यीमध्ये अधिकांश ड्रोन स्टारलिङ्क प्रणालीमार्फत सञ्चालन हुने गरेका छन् ।
यस वर्ष युक्रेनले यस्ता ड्रोन प्रयोग गरेर रूसी आपूर्ति मार्ग, इन्धन भण्डारण केन्द्र, हवाई प्रतिरक्षा प्रणाली तथा कमाण्ड केन्द्रहरूमा लगातार आक्रमण गरेको छ । ती आक्रमणले रूसी सेनाको आपूर्ति प्रणाली प्रभावित हुनुका साथै क्रिमियामा इन्धन अभावसमेत सिर्जना भएको छ । तर अहिले रूसले ती ड्रोन आक्रमण रोक्न विभिन्न उपाय अपनाइरहेको युक्रेनको ४२२औँ मानवरहित प्रणाली रेजिमेन्टका चार जना ड्रोन कमाण्डर र पाइलटहरूले बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।
उनीहरूका अनुसार रूसले सैन्य सामग्रीलाई नागरिक सवारीसाधनमा लुकाएर ओसार्ने, साथै ड्रोन र सञ्चालकबीचको सञ्चार विच्छेद गर्न अत्याधुनिक इलेक्ट्रोनिक ज्यामिङ प्रणाली प्रयोग गर्न थालेको छ । रूसले विभिन्न सहर र सैन्य अड्डानजिक यस्ता ज्यामिङ उपकरण स्थापना गरेको छ, जसले स्पेसएक्सद्वारा सञ्चालित स्टारलिङ्क प्रणालीको सिग्नलसमेत अवरुद्ध गर्न सक्ने दाबी गरिएको छ ।
युक्रेनको रक्षा मन्त्रालयका सल्लाहकार सेर्ही बेस्क्रेस्टनोभका अनुसार रूसले ुभोल्ना कुपोल गारान्टु नामक ज्यामिङ प्रणाली प्रयोग गरिरहेको छ। यसले करिब २० वर्ग किलोमिटर क्षेत्रभित्र स्टारलिङ्कको सिग्नल अस्थिर बनाउन सक्ने शक्तिशाली तरंग उत्सर्जन गर्छ । हालसम्म यस्ता करिब १० वटा प्रणाली पहिचान गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण