बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार बस्ने

बुधबार, २४ असार २०८३, १६ : ०६
बुधबार, २४ असार २०८३

सारांश

  • कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम व्यस्त भएपछि प्रतिनिधि सभा बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको छ ।
  • बुधबार १५ मिनेटका लागि स्थगित गरिएकाे बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
  • सभामुखले विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएपछि बैठक भोलिसम्मका लागि सारेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना टाँसेर जानकारी दिएका छन् ।

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम व्यस्त भएपछि प्रतिनिधि सभा बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको छ ।

बुधबार १५ मिनेटका लागि स्थगित गरिएकाे बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । 

असार २४ गते बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएपछि सभामुखले बैठक भोलिसम्मका लागि सारेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना टाँसेर जानकारी दिएका छन् । 

पाण्डेयद्वारा जारी सूचना अनुसार, प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा कानुनमन्त्री गौतमले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिक प्रतिवेदन २०८१/२०८२ पेस गर्ने कार्यसूची थियो । 

त्यस्तै प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल  विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची पनि थियो ।

कानुनमन्त्री गौतम राष्ट्रिय सभाका सीमितमा रहेका प्रतिस्थापन विधेयकको छलफलमा सहभागी छिन् ।

742737132_1034087955654561_7743083352288091281_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप