एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी

बुटवल । नेकपा एमाले बाँकेको नवौँ जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सोमबार बिहान सम्पन्न मत गणनाबाट गुरुङले प्रतिद्वन्द्वी डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्ष पदमा माजी मारेका हुन् ।
गुरुङले २९१ मत प्राप्त गर्दा बिसीले १५४ मत मात्र प्राप्त गरे ।
निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्री समेत रहेका खत्रीले ३१३ मत पाए । यस्तै उनीसँग पराजित रवीन्द्र लम्सालले १३८ मत पाए ।
त्यसैसरि सचिव पदमा बलराम भट्टराई १३९ मतका साथ विजयी हुँदा खिल प्रसाद भुसालले १०६ मत, भीम वलीले ९५ मत र दत्त आचार्यले ८८ मत पाए ।
नवौँ जिल्ला अधिवेशनमा विभिन्न पदमा निर्विरोध निर्वाचित समेत भएका छन् । जसअनुसार जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला (महिला) तर्फ यमकुमारी ओली, सदस्य खुल्ला (पुरुष) तर्फ नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य (आदिवासी जनजाति) तर्फ अंकित श्रेष्ठ, सदस्य (दलित)तर्फ लिलमान दमाई, सदस्य (मधेसी)तर्फ लालतारा (अजय गद्दी) निर्विरोध भए ।
यस्तै ज्ञानेन्द्रराज वली र रिताकुमारी खत्री बस्नेत पनि सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशन शुक्रवार एमाले महासचिव शंकर पोखरलले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य
-
कृष्ण सेन ‘इच्छुक’ को २३ औँ स्मृति दिवस मनाइयो
-
युवासंघमा ओलीका उम्मेदवारले जित्दा पदाधिकारीमा को-को विजयी (नतिजासहित)