कांग्रेसले भन्यो– सभामुख पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत भए
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ । प्रतिनिधि सभा बैठक बसेपछि सोमबार दिउँसो संघीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले सभामुख घिमिरेले विपक्षी दललाई बोल्न नदिनुका पछाडि सत्ता पक्षको बहुमतको दम्भ देखिएको बताएको हो ।
संसदीय दलको बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार र अनुदार भएको पुनः पुष्टि गरेको बताए । ‘आज सभामुखजीले विपक्षी दललाई पनि बोल्न दिनुभएन । सभामुखजीले विपक्षी दललाई बोल्न नदिनुका पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ,’ उनले भने, ‘सत्ता पक्षको निरंकुशताको मनोवृत्ति छ । यसले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार र अनुदार भएको पुनः पुष्टि गरेको छ ।’
संसद् विपक्षीको हुन्छ भन्ने मान्यता पनि स्थापित रहेको उनको भनाइ छ । ‘आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलले पटक–पटक बोल्न माग गर्यौँ । तर सभामुखजीले हामीलाई बोल्ने अवसर दिनुभएन । सदनमा बोल्न विपक्षी दलले प्राथमिकता पाउँछ, यो संसारभरको चलन हो,’ उनले भने ।
संसद्लाई ब्यारेकजस्तो गरेर विश्वासको मत लिने काम भएको उनले बताए । सोमबार प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास मत लिएका थिए । कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय नभएको लेखकले बताए ।
यस्तै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार अशिष्ट, असभ्य, भ्रामक, कपोलकल्पित र हिंस्रक अभिव्यक्ति दिएको उनले बताए । ‘टिभीको स्किर्नमा देखिनु भएको रवि लामिछाने र नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने फरक देखिए पनि सारमा कुनै फरक देखिएन । उहाँले कुन ठाउँमा हुँदा प्रश्न गर्ने हो ? कुन ठाउँमा हुँदा जवाफ दिने हो भन्नेसम्म पनि थाहा रहेन छ । हामीले त्यस्तो उपप्रधानमन्त्री पाएछौँ । सरकारले प्रश्न गर्ने होइन, जवाफ दिने हो । काम गरेर देखाउने हो । त्यसले उहाँको प्रस्तुति अशिष्ट, असभ्य, भ्रामक, कपोलकल्पित र हिंस्रक भएको भनेका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण