दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको आपत्ति
सारांश
- चीनका लागि नेपाली पूर्व राजदूतहरूले दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञहरूको सहभागिताप्रति आपत्ति जनाएका छन्।
- पूर्व राजदूतहरूले 'एक चीन नीति' विपरीतका गतिविधि निन्दनीय रहेको र यसले नेपाल-चीन सम्बन्धमा असर पार्ने चेतावनी दिएका छन्।
- उनीहरूले यस्ता गतिविधि दोहोरिन नदिन र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौँमा हालै सम्पन्न दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागितालाई लिएर गम्भीर आपत्ति जनाएका छन्।
एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै सात जना पूर्व राजदूतहरूले असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको र सो क्रममा विदेशी नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
पूर्व राजदूतहरू राजेशवर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालले सधैँ दृढतापूर्वक पालना गर्दै आएको 'एक चीन नीति' विपरीत यस्ता गतिविधि हुनु निन्दनीय रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, "नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध अप्ठ्यारो हुने वा प्रतिकूल असर पार्ने कार्य नगर्ने र गर्न नदिने प्रतिबद्धता परराष्ट्रमन्त्रीको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको थियो। के अहिले त्यो प्रतिबद्धतामा परिवर्तन आएको हो? के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौँ?"
पूर्व राजदूतहरूले यो कार्यक्रम सरकारको सहमतिमा भएको हो भने त्यसले नेपाल र चीनबीचको दौत्य सम्बन्ध र नेपालले अवलम्बन गर्दै आएको भू–राजनीतिक सन्तुलनमा प्रतिकूल असर पार्ने चेतावनी दिएका छन्। यस्ता गतिविधिले देशको स्थायित्व, विकास र स्वतन्त्रतामा समेत धक्का पुग्ने उनीहरूको ठहर छ।
नेपाल सरकार र सरोकारवाला निकायहरूलाई सचेत रहन अपिल गर्दै विज्ञप्तिमा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने सुनिश्चितता प्रदान गर्न र छिमेकीसँगको सम्बन्धमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण